coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘बिएफाइभ’ अहिलेसम्मकै तीव्र फैलिने उपप्रजाति

कोरोना संक्रमण फेरि बढ्यो

दुई सातादेखि नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ। गत चौबिस घण्टामा परीक्षण भएका ३ हजार २० नमुनामध्ये १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ। यो संख्या आइतबार ३ हजार ४५ वटा नमुना परीक्षण भएकोमा १ सय २१ जनामा कोरोना पुष्टि भएको छ भने शनिबार नयाँ सक्रमित संख्या १ सय २ जना थिए भने शुक्रबार ९८ जनामा कोरोना पुष्टि भएको थियो।

हाल नेपालमा कुल सक्रिय सक्रमित संख्या ७ सय ७० छ। तीमध्ये ७ सय ४९ जना होम आइसोलेसन र २१ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर समस्या भएका १२ जनाको आइसियुमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।  

दैैनिक बढ्दै गएको कोरोना संक्रमण थप बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताए। थप बढ्न सक्ने देखिएकाले जनस्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाडमा कम सहभागी हुन उनले सबैलाई अपिल गरे। ‘जोखिम बढेको छ, धेरैलाई सक्रमण हुन सक्छ,’ उनले भने। कोरोना संक्रमण बढ्न सुरु भएदेखि नै सरकारले खोप नलिएका र बुस्टर खोप नलिएकालाई खोप दिने अभियान तीव्र पारिरहेको बताए। उनले सीमानाकामा परीक्षण तथा निगरानी कडा पारे पनि अन्य संयन्त्रबाट पुनः कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अधिकारीले बताए।

अहिले नेपालमा फैलिइरहेको ओमिक्रोन प्रजातिको उपप्रजाति ‘बिएफाइभ’ रहेको पुष्टि भइसकेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङबाट पुष्टि भएको हो। प्रयोगशालाले सातै प्रदेशबाट संकलन गरेका ३० वटा नमुनाको जिन सिक्वेन्सिङ गर्ने क्रममा २ वटा नमुनामा बिएफाइभ प्रमाणित भएको थियो भने धुलिखेलमा एउटा नमुनामा प्रमाणित भएको थियो। ‘जिन सिक्वेन्सिङमा बिएफाइभ प्रमाणित भइसकेकाले नेपालमा आइसकेको छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी डा. राजेश कुमार गुप्ताले भने।

जिन सिक्वेन्सिङबाट पुष्टि भइसकेको र अहिले तीव्र्ररूपमा फैलिरहेको हुनाले नेपालमा अहिले ‘बिएफाइभ’ नै फैलिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभागका संयोजक डा. शेर बहादुर पुनले भने। यो उपप्रजातिलाई नीति निर्मार्ण तहका चिकित्सक वैज्ञानिकहरूले अहिलेसम्मकै तीव्र फैलिने उपप्रजातिको रूपमा निर्क्याैल गरिसकेको डा. पुन बताउँछन्। उनका अनुसार तीव्र रूपमा फैलिए पनि यसअघि देखिएका डेल्टा र अन्य प्रजाति जस्तो असर गर्ने प्रकारको नरहेको पाइएको छ।

प्रकाशित: २८ असार २०७९ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App