१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटियो

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो।  

अस्पतालले अघिल्लो हप्ता गरेको जिन सिक्वेन्सिङमा बीए फाइभ भेटिएको जनाएको छ। अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा.राजीव श्रेष्ठले अस्पतालमा आएको नमुनालाई परीक्षण गर्दा  ‘बीए फाइभ’ पुष्टि भएको बताएका छन्।  

तर,उक्त संक्रमित व्यक्ति कहाँको हो भन्ने कुरा अहिलेसम्म नखुलेको उनकाे भनाइ छ।  यसले नेपालमा ओमिक्रोनको उपप्रजाति बीए फाइभ फैलिएको देखिने उनले बताएका छन्।

प्रकाशित: १९ असार २०७९ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App