८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

उत्तरी ताप्लेजुङको ओलाङ्चुङ्गोलाका स्वास्थ्य परीक्षण गराएका अधिकांश स्थानीयमा ग्याष्ट्रिकको समस्या रहेको पाइएको छ।

नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा तथा अन्तरगतका फौजहरुहरुबाट ओलाङ्चुङगोलमा सञ्चालित स्वास्थ्य शिविरमा परीक्षण गराएका अधिकांशमा ग्याष्ट्रिकको समस्या पाइएको भीमकाली गुल्मले जनाएको छ।

भीमकाली गुल्मका गुल्मपति सेनानी अदित श्रेष्ठले स्वास्थ्य परीक्षण तथा उपचारमा संलग्न चिकित्सकलाई उधृत गर्दै परीक्षण गराएका अधिकांशमा ग्याष्ट्रिकको समस्या रहेको पाइएको बताए। स्वास्थ्य परीक्षणका क्रममा स्थानीय बासिन्दाको प्रयासमा लेकाली गोठमा रहने/बस्ने नागरिकलाई समेत उपस्थित गराइएको नेपाली सेनाले जनाएको छ।

सदरमुकाम फुङ्लिङबाट करिव ९२ किलोमिटर दुरीमा रहेको ओलाङ्चुङगोलाका स्थानीयले लामो समय पछि मात्र आफूहरुले चिकित्सकको उपस्थितिमा स्वास्थ्य परीक्षण र उपचार गर्न पाएको भन्दै आयोजक प्रति आभार व्यक्त गरेका थिए।

उक्त स्वास्थ्य शिविरमा ४० पुरुष र ३३ महिला गरी ७३ जनाको स्वास्थ्य परीक्षण गरिएको समेत नेपाली सेनाले बताएको छ। सेनाको टोली नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती क्षेत्र टिपतालासम्म पुगेको थियो।

प्रकाशित: २१ चैत्र २०७८ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App