१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

आठ लाख मात्रा खोप नेपाल आइपुग्यो

बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराेना भाइरसविरुद्धको खोप एस्ट्राजेनेकाको आज ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ। बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।

उनका अनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ। अहिलेसम्म नेपालमा चार करोड ६६ लाख मात्राभन्दा बढी खोप नेपाल आइसकेको छ।

प्रकाशित: २४ माघ २०७८ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App