७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

आचार्यले दाङमा पठाए १ लाख १० हजार ट्याब्लेट सिटामोल

नेपालमा सिटामोल अभाव भैरहेका बेला नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले दाङमा एक लाख १० हजार ट्याब्लेट पारा सिटामोल पठाएका छन्। नेपाली कांग्रेसका नेता समेत रहेका आचार्यले दाङ कांग्रेसले थालेको कोरोना सचेतना अभियान मार्फत वितरण गर्नेगरि उक्त परिमाणको पारा सिटामोल पठाएका हुन्। उनका अनुसार मंगलबार पठाईएको पारा सिटामोल कांग्रेसको सचेतना अभियानकै क्रममा गाउँतहमा वितरण हुने छ।

पछिल्लो समय पारा सिटामोलको अभाव देखिएको छ। सिटामोल अभावमा कसैले पनि सकस बेहोर्नु नपरोस भन्ने उदेश्यले आफूले पारा सिटामोल उपलब्ध गराएको आचार्यले बताए। ‘सिटामोलको अभावमा ग्रामिण तहका कैयन नागरिकहरुले समस्या झेल्नु परेको छ,’ उनले भने ‘यो समस्याबाट ग्रामिण भेकका नागरिकहरुले मुक्ती पाउन भनेर निशुल्क रुपमा वितरण हुन गरि पारा सिटामोल उपलब्ध गराएको हुँ,दाङ कांग्रेसले सचेतना अभियानका क्रममा सिटामोल वितरण गर्ने छ।’  

मंगलबार दाङ पठाईएको एक लाख १० हजार ट्याब्लेट सिटामोल पवनका बाबु युवराज आचार्यले बुधबार दाङ कांग्रेसका सभापति शंकर प्रसाद डाँगीलाई हस्तान्तरण गर्नेछन्। कांग्रेस राजनीतिसंगै समाजसेवामा समेत समर्पित पवनले नागरिकको सुरक्षासंग सम्बन्धीत अन्य अभियान पनि थाल्ने बताएका छन्। ‘कांग्रेसको राजनीतिसंगै समाजसेवामा पनि निरन्तर रहीरहने छु,’ उनले भने ‘त्यसोत, राजनीति पनि समाजसेवा नै हो, सामाजिक सेवामा लाग्नु मेरो राजनीतिक धर्म पनि हो।’ 

प्रकाशित: १८ माघ २०७८ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App