१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा २२ र १ सय १५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर जाँच गर्दा झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको हो।

झापाको भद्रपुर, मेचीनगर र बुद्धशान्तिमा २–२, विर्तामोड, गौरादह र दमकमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरे, रंगेली र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ४, रामधुनी र धरानमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा बुधबार २२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ६ महिला र १६ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७८ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App