coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्टबारे सतर्क रहन महानगरपालिकाको आग्रह

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टका विरामी फेला परेसँगै नेपालको सीमावर्ती क्षेत्रमा त्रास फैलिएको छ। भारतमा ओमिक्रोन भेरियन्टको कोरोनाका विरामी फेला परेको हल्लासँगै सीमावर्ती क्षेत्रमा त्रास फैलिएको हो।

सीमावर्ती क्षेत्रका स्थानीय तहहरूले सतर्कता अपाउन स्थानीयलाई आग्रह गर्न थालेका छन्। नयाँ भेरियन्टको कोरोना दोस्रो लहरको भन्दा बढी संक्रामक भएको भन्दै विराटनगर महानगरपालिकाले नगरक्षेत्रमा माइकिङ गरेर सतर्क रहन आग्रह गरेको छ।

महानगरपालिकाले सार्वजानिकस्थल, विद्यालय, सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुमा स्वास्थ्य मापदण्ड पालना गर्न र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ। महानगरपालिकाले नगरक्षेत्रमा माइकिङ गरेर अनावश्यक घर बाहिर ननिस्कन, निस्कनु परेर मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ।

विद्यालयहरुमा विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न स्वास्थ्य सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्न, हाटबजार, सिनेमा हल, सपिङ्ग कम्प्लेक्समा जाँदा सचेत हुन आग्रह गर्दै नगरक्षेत्रमा माइकिङ गरिरहेको छ।

यस्तै विराटनगर भन्सारमा पनि स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ। भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक सवारीसधान, चालक र सहचालकको स्कृनिङ सुरू गरेको हो। भन्सार क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड विपरित हिँड्डुल गर्न, सुरक्षा मापदण्ड विपरित भन्सार कार्यालय प्रवेशमासमेत रोक लगाइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको ‘नयाँ भेरियन्ट’ युरोप हुँदै भारतसम्म आईपुगेको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ।

प्रकाशित: १६ मंसिर २०७८ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App