१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

फाइल तस्बिर

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ। नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेसन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गरे।

सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए। उनले दैनिक ४०सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडानपछि अब पर्वत जिल्लामा अक्सिजनको अभाव नहुने समेत बताए।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजाल समेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

यो प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रिया समेत सुरु भएको छ। सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्न पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सुरु गर्न लागिएको छ।

कम्प्रेसर मसिनसहितका उपकरण जडान भए पनि त्यसको सञ्चालनका लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मरसहितका विद्युतीय उपकरण आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्न थालिएको छ।

एशोसिएसनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय आठवटा लायन्स क्लबको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनका लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ।

त्यसका लागि झण्डै रु १२ लाखभन्दा बढी लागत लाग्ने अनुमान छ। १५ शय्या क्षमताको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्न बनेका भवनको काम करिब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनबाट सुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ।

झण्डै रु ७५ लाख लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबले रु ३५ लाख लगानी गरेका छन्। अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ।

जसका कारण प्लान्टबाट शय्यमा लगिएका पाइपलाइनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन।

प्रकाशित: ४ मंसिर २०७८ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App