६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

प्रदेश १ मा ९५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र १ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा संक्रमण भएको  हो। मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा २–२, उर्लाबारी, कटहरी र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ।  

झापाको मेचीनगरमा ५, दमकमा ४, विर्तामोडमा ३, हल्दिबारी र भद्रपुरमा २–२ र  अर्जुनधारामा १ जनामा संक्रमण देखिएको छ।  सुनसरीको इटहरीमा ४, धरानमा ३, दुहवीमा २ र रामधुनीमा १, इलामको चुलाचुली र रोङमा १–१, संखुवासभाको चैनपुर र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा मंगलबार  ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १७ महिला र १५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जना महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७८ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App