coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमण ६.७ प्रतिशत

बुधबार नेपालमा कोरोना संक्रमण दर ६.७ प्रतिशत रहेको छ। २४ घन्टामा परीक्षण भएका १५ हजार ४ सय ६५ नमुनामध्ये १ हजार ४३ जनामा कोेरोना पुष्टि भएको हो। 

थप संक्रमितसहित नेपालमा कुल संख्या ८ लाख ९२ हजार २ सय ६७ पुगेको छ। तीमध्ये १६ हजार १ सय ९४ जना सक्रिय संक्रमित छन्।

१४ हजार ९ सय ७५ जना होम आइसोलेसनमा छन्। १ हजार २ सय १९ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। कोरोना संक्रमणका कारण बुधबार थप १२ जनाको मृत्यु भएको छ। थपिएका सहित नेपालमा कुल मृतक संख्या ११ हजार १ सय ९२ जना पुगेको छ।

प्रकाशित: २१ आश्विन २०७८ ००:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App