१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप १५७ जनामा काेराेना पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा एक हजार १५७ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। 

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार १९३ पुगेको छ। उनका अनुसार ५०० बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० बढी सङ्क्रमित भएका जिल्ला १९ छन्। सो अवधिमा एक हजार ११३ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने सात लाख ६४ हजार ८४७ छन्। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ। सङ्क्रमणका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको छ।

हालसम्म सङ्क्रमणबाट ११ हजार १२३ को मृत्यु भइसकेको छ। हाल देशभर ३५४ जना सघन उपचार कक्ष (आइसियु), ९९ भेन्टिलेटर, १६ हजार ८७८ होम आइसोलेशन, एक हजार ३१५ जना संस्थागत आइसोलेशन र २४४ जना क्वारेन्टिनमा छन्। आज दुई लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूर्ण मात्राको खोप लगाएका छन्। रासस

प्रकाशित: १३ आश्विन २०७८ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App