१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बिपी प्रतिष्ठान धरानका रजिस्ट्रार प्राडा रेग्मीद्वारा राजीनामा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। विगत एक वर्षदेखि रिक्त रहेको रजिस्ट्रार पदमा प्रतिष्ठानकै महिला तथा स्त्री रोग विभागका विभागीय प्रमुख डा. रेग्मी साउन ४ गते नियुक्त भएका थिए।

सरकारले गरिरहेको छानबिनलाई सहयोग पुग्ने उद्देश्यले पदबाट राजीनामा दिएको रेग्मीले बताए।

उनको कार्यकाल ५ वर्षको तोकिएको थियो। उनी नेपाल चिकित्सक संघको धरानका शाखाका अध्यक्षसमेत छन्।

प्रकाशित: ११ भाद्र २०७८ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App