७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विज्ञ भन्छन्ः मानवबाट गैरमानव र गैरमानवबाट मानवमा संक्रमण हुन सक्छ

मानवबाट गैरमानव र गैरमानवबाट मानवमा संक्रमण हुन सक्ने संभावनाबारे एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन्। यस कारण यसबारे अनुसन्धान हुनुपर्नेमा उनीहरुको जोड छ।  

वाशिंटन विश्वविद्यालयसंगको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज एमएससी प्राकृतिक संसाधन व्यवस्थापन कार्यक्रम (एमएसी एनआरएम) ले ‘बुश टु बेन्च टु बेड : द क्रिटिकल रोल अफ फिल्ड रिसर्च इन बायोडाइवर्सिटी कन्जर्भेसन एण्ड ट्रान्सलेशनल साइन्स’ मा भएको वेभिनारमा सहभागी उनीहरुले मानवबाट गैरमानव र गैरमानवबाट मानवमा संक्रमण हुन सक्ने सम्भावना भएका जुनोटिक रोगहरूको बारेमा चर्चा गरे।  

वेबिनारका मुख्य प्रस्तुतकर्ता प्राध्यापक डा राण्डल सी कायसले जैविक विविधताको स्थिति पत्ता लगाउन दीर्घकालीन निगरानी धेरै महत्वपूर्ण रहेको बताए। उनले बिभिन्न देशहरूमा आफ्नो अनुसन्धान अनुभव प्रस्तुत गरेका थिए।  

मेथिसिलिन–प्रतिरोधी स्टेफिलोकोकस आरियस (एमआरएसए) मा काठमाडौ उपत्यकाको अनुसन्धान बाँदरहरूमा हालै भएको अनुसन्धान (जसमा एमएससी एनआरएम पनि साझेदार हो) को सम्बन्धमा उनी मानव र वन्यजीव अन्तर्क्रियाबाट वन्यजन्तुको लागी सम्भावित खतराको सचेत गराउँदछन्।  

वेबिनार डा नारायणप्रसाद कोजूको समन्वयमा सम्पन्न गरिएको थियो। वेबिनारमा विभिन्न कलेजहरुबाट स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूले भाग लिएका थिए। एनईसी सीपीएसले जैविक विविधता संरक्षण र प्राकृतिक संसाधन प्रवर्द्धनको बिभिन्न बिषयहरूमा नियमित रूपमा वेबिनार श्रृंखलाको आयोजन गरिरहेको छ।

प्रकाशित: ७ भाद्र २०७८ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App