७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रोल्पामा घटेनन् सकृय संक्रमित

रोल्पामा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ७३ पुगेको छ। जिल्लामा ५ हजार ५ सय ६६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४ सय ६ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ।

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा २१ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म ३ हजार २ सय १३ जनाले कोरोना जितेका छन्।

२ लाख २४ हजार बढि जनसंख्या रहेको रोल्पामा कोभिसिल्ड खोपको पहिलो डोज १४ हजार ६ जना र दोस्रो डोज ३ हजार ४ सय ५६ जनाले लगाएका छन्। भेरोसेल खोपको पहिलो डोज १५ हजार ६ सय ८४ जना र दोस्रो डोज २ हजार ९ सय २६ जनाले लगाएका छन्। जोनसोन एण्ड जोन्सनको खोप ११ हजार ८ सय ७ जनाले लगाएका छन्।

प्रकाशित: २८ श्रावण २०७८ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App