८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

ताप्लेजुङको सिरिजंगा संक्रमणमुक्त, फुङ्लिङमा संक्रमित दिनहुँ थपिदैँ

ताप्लेजुङको सिरिजंगा गाउँपालिका कोरोना संक्रमणमुक्त पालिका बनेको छ। शुक्रवार जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरण अनुसार ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिकामा कोरोना संक्रमणमुक्त भएको देखिएको छ। सबैभन्दा बढी संक्रमित फुङ्लिङ नगरपालिकामा रहेका छन्। 

शुक्रवार अपरान्ह सम्मको विवरण अनुसार ताप्लेजुङमा ३ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्। यि मध्ये ताप्लेजुङ जिल्ला अस्पतालमा परीक्षण गरिएका १ सय ८ जना, नगरक्षेत्रमा ४६ जना र फुङ्लिङस्थित मित्लुङमा केन्द्र रहेको सानिमा हाइड्रोपावरमा ३ जना गरी फुङ्लिङमा १ सय ५७ जना सक्रिय संक्रमित रहेका छन्। फुङ्लिङपछि सबैभन्दा धेरै सक्रिय संक्रमित सिदिङ्वा गाउँपालिकामा रहेका छन्। त्यहाँ ७२ जना सक्रिय संक्रमित रहेको विवरण जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ।  

यस्तै आठराइ त्रिबेणी गाउँपालिकामा ५२ जना, मैवाखोला गाउँपालिकामा १२ जना र मेरिङ्देन गाउँपालिकामा ११ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै मिक्वाखोला गाउँपालिकामा ६ जना,फक्ताङ्लुङ गाउँपालिकामा ७ जना र पाथीभरा याङ्वरक गाउँपालिकामा ३७ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य कार्यालयले फुङ्लिङ नगरक्षेत्रमा संक्रमितको संख्या अप्रत्यासित बढ्दै गएको जनाएको छ।  

थप एकको मृत्यु

कोरोना संक्रमणका कारण ताप्लेजुङमा थप १ जनाको मृत्यु भएको छ। यो सहित ताप्लेजुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। शुक्रवार मेरिङ्देन गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उनको उपचारका क्रममा ताप्लेजुङ बाहिर मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन्। जिल्ला भित्रै मृत्यु भएकाहरुको विवरण मात्र राख्ने गरेकोले जिल्ला प्रशासन कार्यालयले भने ताप्लेजुङमै मृत्यु हुनेको संख्या भने १४ मात्र भनेको छ। 

प्रकाशित: ८ श्रावण २०७८ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App