१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर : २५ दिनभित्र १ सय ५५ जनाको मृत्यु

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना संक्रमण बाँकेमा नियन्त्रण बाहिर गएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन। कोरोना संक्रमणबाट बितेको २५ दिनभित्रमा १ सय ५५ जनाको मृत्यु भइसकेको छ।  

‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ बाँकेले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख १ गतेदेखि २५ गतेभित्र मृत्यु भएकामध्ये ९४ पुरुष र ६१ जना महिला रहेका छन्। यसमध्ये बाँकेका मात्रै १ सय १७ जना छन् । बाँकेका ६८ जना पुरुष र ४९ जना महिलाको वैशाखयता मृत्यु भएको छ ।

केन्द्रको तथ्यांकअनुसार बाहिरी जिल्लाका समेत गरी वैशाख १ गतेदेखि ४ गतेसम्म १/१ जना, ५ गते ४ जना, ६ गते २ जना, ७ गतेदेखि ९ गतेसम्म ३/३ जना, १० गते २ जना, ११ गते ६ जना, १२ गते १० जना, १३ गते ५ जना, १४ गते १० जना, १५ गते ४ जना, १६ गते १२ जना, १७ गते ८ जना, १८ गते ९ जना, १९ र २० गते १२÷१२ जना, २१ गते ६ जना, २२ गते ४ जना, २३ गते १६ जना, २४ गते ११ जना र २५ गते ९ जनाको मृत्यु भएको छ।  

यस्तै बाँकेका मात्रै २, ५ र ६ गते १÷१ जना, ७ र ८ गते ३/३ जना, ९ गते २ जना, १० गते १ जना, ११ गते ६ जना, १२ गते ८ जना, १३ गते ४ जना, १४ गते ७ जना, १५ गते ४ जना, १६ गते ९ जना, १७ र १८ गते ५/५ जना, १९ गते ९ जना, २० गते १० जना, २१ गते ४ जना, २२ गते ३ जना, २३ गते १४ जना, २४ गते ९ जना र २५ गते ८ जनाको मृत्यु भएको छ।  

यसैगरी वैशाख १ देखि २५ गते भित्रमा ४ हजार २ सय ७७ जना पुरुष र ३ हजार ५ सय ७२ जना महिला गरी ७ हजार ८ सय ४९ जना संक्रमित भएका छन्।

केन्द्रका अनुसार २ हजार ३ सय २२ जना पुरुष र १ हजार ९ सय ७७ महिला गरी ४ हजार २ सय ९९ जना सक्रिय संक्रमित भएका छन्। कोरोना संक्रमित भएर पनि ३ हजार ६ सय ३० जना निको भएका छन्।

यसमध्ये १ हजार ९ सय ९९ पुरुष र १ हजार ६ सय ३१ जना महिला रहेको केन्द्रले जनाएको छ ।

कोरोना संक्रमण भयावह बन्दै गएपछि चिकित्सकले बाँकेलाई स्वास्थ्य आपत्काल घोषणा गर्न माग गरेका छन्। सामाजिक दुरी, स्वास्थ्य मापदण्ड पालना गराउन नसकेका कारण कोरोना संक्रमण भयावह बनेको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसाल बताउँछन्। ‘राज्यले नाम मात्रको लकडाउन गरेको छ, स्वास्थ्य मापदण्ड पालना नै भएको छैन,’ उनले नागरिकसँग भने ‘कोभिडको महामारी जटिल बन्दै गएको छ, हामी निशब्द छौं, सरकारले तत्कालै स्वास्थ्य इमर्जेन्सी लगाउनु पर्छ ।’  

डा. रिसालले स्वास्थ्य इमेरजेन्सी लगाएर सामाजिक दूरीलाई पूर्ण रुपले पालना गराउँदै न्यूनत्तम एक महिना जति कडा गरे मात्र कोभिडको शृङ्खला तोड्न(चेन ब्रेक) गर्न सकिने बताए।

प्रकाशित: २५ वैशाख २०७८ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App