१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीरगन्जमा संक्रमणविरुद्ध तयारी फितलो

पर्सा जिल्लामा पछिल्लो १० दिनमा ४ सय ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गत वर्ष चैत २९ मा पहिलोपटक ३ जना भारतीय मुस्लिम धर्म प्रचारकहरूमा कोरोना संक्रमण फेला परेपछि उक्त संख्या सय पुग्न एक महिना लागेको थियो । यस पटक १० दिनमैं झन्डै साढे ४ सय नयाँ संक्रमण थपिनुले वीरगन्ज कोरोना संक्रमणको लागि ‘हटस्पट’ सरह बनेको देखिएको छ।  

‘कुनै लक्षण नदेखिने एसिम्टोमेटिक प्रकारका संक्रमण रहेकाहरूलाई १० दिनमा स्वतः डिस्चार्ज गर्ने गरिएको छ,’ पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले भने, ‘त्यसरी डिस्चार्ज भएको संख्या यसमा जोडिएको छैन। अहिल १० दिनयताको एक्टिभ संक्रमितको संख्या हो, चार सय ४२।’ उनका अनुसार गत चैत १ गते यता पर्साका थप ६ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ। त्यसअघि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यहाँ ५६ थियो, असहले ६० पुगेको छ । जनस्वास्थ्य निरीक्षक ठाकुरले अहिले संक्रमणको तीव्रता भयावह रहेको र यसबाट बच्नु नै महामारी रोक्ने उत्तम उपाय भएको उनको भनाइ छ। संक्रमणबाट जोगिने उपायहरू अपनाउन मानिसहरूमा उदासिनता देखिएकोले पनि अवस्थाप्रति चिन्ता बढेको हो   

मंगलबार मात्रै वीरगन्ज–१४, बहुवरिका एकजना ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा अहिले २९ जना संक्रमितहरूको अक्सिजन चढाएर उपचार गरिंँदैछ। उनीहरूमध्ये केहीलाई भेन्टिलेटर अवश्यक हुन सक्ने अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दास बताउँछन्। अहिले त्यहाँ मात्र १० वटा भेन्टिलेटर रहेकोमा ५ वटा कोरोना संक्रमित बिरामीका लागि र बाकी पाँच वटा अरु प्रकारका बिरामीका लागि राखिएको छ । चैतयता पर्सामा र खासगरी वीरगन्ज क्षेत्रमा कोरोनाभाइरसको संक्रमणको वृद्धि हुन थालको हो।  

छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर भनिएको संक्रमणको दर तीव्र रुपमा बढेपछि यता नेपालको मुख्यस्थल प्रवेशमार्ग रहेको सीमावर्ती वीरगन्ज र पर्सा जिल्लामा अवस्था भयावह बनेको हो। थपिएका संक्रमितमध्ये धेरै जसोको यात्रा बृतान्त भारतसँग जोडिएको डा.दासले बताए। उनीहरू भारतबाट आएका वा भारतबाट आउनको सम्पर्कमा परेर संक्रमित भएको पाइएको चिकित्सकले बताएका छन्। श्वासको समस्या, कठिन किसिमको निमोनिया, झाडापखाला र रगतमा प्लेटलेटको अभाव जस्तो लक्षण पछिल्ला संक्रमितहरूमा पाइएको डा. दासले बताए।  

नारायणी अस्पतालका चिकित्सक नीरज सिंहले वीरगन्जमा चाहिए अनुसार परिक्षण, कन्ट्याक्ट ट्रेसिङ्ग नभएको बताउँछन्। पर्सामा कोरोना नियन्त्रणका लागि भुमिका गरे मध्येका चिकित्सक सिंहका अनुसार लक्षण नदेखाएका बाहेकेले यहाँ परिक्षण गराएका छैनन। यसले समुदायमा लक्षण नभएका संक्रमित ब्यक्तिहरूको पहिचान हुन पाएको छैन । संक्रमण समुदायमा फैलिइसकेको डा.सिंहको भनाइ छ। भारतसँग जोडिएको सिमानाका पूर्णरुपले ठप्प गरेर केही दिन लकडाउनसरह अवस्था बनाएर परीक्षणको दायरा फराकिलो बनाएमा मात्र यहाँको अवस्था नियन्त्रित हुनसक्ने उनको राय छ।

पर्सामा कोरोना नियन्त्रणका लागि भूमिका गरेका अर्का चिकित्सक डा.उदयनारायण सिंहका अनुसार यहाँ कोरोना संक्रमणलाई लिएर खतराको घन्टी बजिसकेको छ। वास्तविकता तथ्यांकमा देखिएभन्दा निकै विकराल र डरलाग्दो रेहको उनको भनाइ छ। कोभिड–१९ का पोजेटिभ केस आउन एकदमै न्यून भइसकेको पर्सामा र यहाँस्थित वीरगन्ज महानगरपालिकामा पछिल्लोपटक पोजेटिभ केस एक्कासि तीव्र रुपमा थपिँदै जानु उनको भनाइमा अप्रत्याशित चुनौती हो, जसको पूर्वतयारी पर्याप्त छैन। थपिएका नयाँ संक्रमितहरू कडा प्रकारका लक्षण लिएर मात्र आउने गरेका उनी बताउँछन्।  

तयारी फितलो

संक्रमणको दायरा जसन रफ्तारले बढिरहेको छ, त्यसको तुलनामा तयारी निकै फितलो भएको सरोकारवालाहरूको ठहर छ । ‘यसपाली संक्रमणको दर अघिल्लो पटकभन्दा तीव्र छ, बिरामीमा लक्षण कडा छ, हामरीसंग अघिल्लोपटकको अनुभव भएकोले तयारी त्यस अनुसार हुनुपर्ने थियो, तर त्यसो हुन सकेको छैन,’ नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले भने, ‘मैले अघिल्लो पटक कोरोना संक्रमणमा आमा गुमाएँ, अहिले त्यसतो पिडा धेरै घरहरूमा पुग्ने डर छ।’ स्थानीय ब्यवसायि ध्रुव साहले तयारीमा कमीका कारण संक्रमणको बिस्तार रोक्न कठिनाई भइरहेको आफ्नो ठम्याई रहेको बताउछन्।  

सीमामा भद्रगोल ओहोरदोहोर रक्नु सबभन्दा पहिलो प्राथमिकता हुनुपर्ने उनको राय छ। पर्सामा कोरोना संक्रमितका लागि बेग्लै अस्पतालहरू तत्कालै बनाउनुस पर्नेमा आवश्यक रहेको प्रदेशसभा सदस्य प्रहलाद गिरी बताउँछन्। ‘कोरोना संक्रमितहरूका लागि बेग्लै र आवश्यक सुविधा तथा उपकरण भएको अस्पताल यहाँ छैन। तत्कालै यसको व्यवस्था हुनुपर्छ,’ उनले भने। यहाँ रहेको सरकारी नारायाणी अस्पतालमा क्षमताभन्दा बढी कोरोना संक्रमित भएमा अर्को विकल्प नएकोप्रति धेरैको चिन्ता छ।

प्रकाशित: १० वैशाख २०७८ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App