८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रोल्पा अस्पताल बन्द

रोल्पा अस्पताल । तस्बिर: दिनेश/नागरिक

रोल्पा अस्पताल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक डाक्टरसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयबाट ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो। अस्पतालमा भर्ना भएका एक जना बिरामी रेफर गरेर नेपालगञ्जमा पुगेपछि कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो।  

शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जलजला बहुमुखी क्याम्पसमा संचालनमा रहेको अस्थायी आइसोलेसन केन्द्रलाई सदरमुकाम नजिकै गुरुङगाउँमा रहेको बहुउद्देश्य भवनमा सार्ने निर्णय समेत गरेको छ। बैठकले अस्पतालमा देखिएका ७ जना स्वास्थ्यकर्मी र एक जना भर्ना भएका बिरामीलाई अस्थायी आइसोलेसन केन्द्रमा लैजाने निणर्य समेत गरिएको छ।  

त्यसैगरि ईलाका प्रहरी कार्यालय सुलिचौरमा कार्यरत ६ जना प्रहरी र एक जना थुनुवामा समेत संक्रमण देखिएकाले उनीहरुलाई पनि अस्थायी आइसोलेसन केन्द्रमा ल्याईने छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आइसोलेसन केन्द्र संचालनका लागि केन्द्र र प्रदेश सरकारसंग बिभिन्न स्वास्थ्य सामाग्री माग गर्ने समेत निर्णय गरेको छ। 

त्यसैगरि अस्थायी आइसोलेसन केन्द्र सुरक्षाका लागि सदरमुकाम स्थित रहेको नेपाली सेनाको खड्ग दल गणलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: २२ कार्तिक २०७७ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App