१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

टेकुले फिर्ता गरेकाे गोरखाको स्वाब परीक्षणका लागि पोखरा पठाइयो

कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता गरेपछि उक्त स्वाब परीक्षण गर्न पोखरा स्थित प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ। पोखरामा स्वाब संकलन धेरै भएको र परीक्षण ढिला हुने भएपछि स्वास्थ्य कार्यालय गोरखाले दसैं अगावै रिपोर्ट आउने आसमा यहाँका बिभिन्न पालिकाका दुई सय ३४ जनाको स्वाब टेकु पठाएको थियो।  

‘के कारणले स्वाब फिर्ता भयो त्यो थाहा भएन, तर टेकु प्रयोगशालाले स्वाब लिनै मानेन’ स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले भने।  

प्रयोगशाला पुगेको स्वाब परीक्षण गर्न नमानेको विषयमा सामाजिक सञ्चालमा सर्वसाधारणले सरकार नागरिक प्रति गैरजिम्मेवार बनेको भन्दै चर्को आलोचना गरेका छन्। केही दिनअघि सरकारले कोरोना उपचार सर्वसाधारणले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो।

प्रकाशित: ५ कार्तिक २०७७ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App