१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्याेः कोरोनाबाट बच्ने भए, सकेसम्म काठमाडौं नआउनुस्

सरकारले राजधानी काठमाडौंमा दिनप्रतिदिन कोरोना संक्रमण हुने क्रम बढेको भन्दै बाहिरी जिल्लाका मानिसलाई सकेसम्म यहाँ नआउन चेतावनी दिएको छ।  

देशभरको कोरोना संक्रमणबारे दैनिक तथ्यांक जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो उक्त आग्रह गरेको हो।  

नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘काठमाडौंमा कोरोना संक्रमण दर बढिरहेको छ, त्यसैले सकेसम्म काठमाडौं नआउनुस्, आउनैपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गरी आउनुस्।’

यो आग्रह तलको भिडियोमा अन्तिमतिर सुन्न सकिन्छ :  

प्रकाशित: १८ आश्विन २०७७ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App