१९ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले लगाएको आरोपको खण्डन गर्दै भीम रावल, ४५ पन्ने दस्तावेज

नेकपा (एमाले) बाट निष्कासित भएका नेता डा. भीम रावलले आफूमाथिका आरोप खण्डन गर्ने तयारी गरेका छन्।

एमालेले आफूमाथि लगाएका आरोपको खण्डन बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत गर्ने उनको सचिवालयले जनाएको छ।

रावलले लिखित रूपमै आरोपको खण्डन गर्ने तयारी गरेका छन्। त्यसका लागि उनले ४५ पन्ने दस्तावेज तयार गर्दै गरेको बताइएको छ।

उनले पार्टी घोषणा गर्दैछन्। तर, भोलि नै चाहिँ पार्टी घोषणा नहुने उनका सचिवालय सदस्य एकिन्द्र कुँवरले बताएका छन्। अहिले भावी कदमबारे बताउने तर, पार्टी घोषणा भने पछि हुने कुँवरले बताएका छन्।

पत्रकार सम्मेलनपछि रावल झापा झर्दैछन्। उनले देशभर यात्रा गर्ने र त्यहाँबाट प्राप्त सुझावअनुसार पार्टी गठन गर्ने भएका छन्। 

यो पनि पढ्नुहोस्

भीम रावलको पार्टी र नेपाली कांग्रेस बीपीबीच एकता हुने !

प्रकाशित: १६ पुस २०८१ २०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App