२ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘नेपाल समुदाय संक्रमणको चरणमा प्रवेश गर्‍याे, सजग बनौं’

डा. सुरेश तिवारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीले नेपालमा कोरोना संक्रमण समुदायस्तरै फैलिसकेको बताएका छन् ।  

‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत मंगलबार उनले पहिले विदेशबाट आएकामा मात्र संक्रमण देखिएकामा अहिले संक्रमितमध्ये ९६ प्रतिशत स्थानीय भएको बताएका हुन् ।  

तथ्यांकको वैज्ञानिक विश्लेषण गर्दा नेपालका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्षमा पुगिएकाे उनले बताए । 

अहिले १२ जिल्लामा मात्रै ७३ प्रतिशत सक्रिय संक्रमित रहेको उल्लेख गर्दै डा. तिवारीले यसले ती जिल्लामा समुदाय स्तरमा संक्रमण फैलिएको पुष्टि भएकाे जानकारी दिए ।  

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका १२ जिल्ला- मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रूपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

यी जिल्ला काेराेनाकाे हटस्पट बनेकाे बताउँदै डा. तिवारीले तिनै १२ जिल्लामा संक्रमण समुदायस्तरमै फैलिएको जानकारी दिए । 

नेपाल समुदाय संक्रमणकै चरणमा प्रवेश गरिसकेकाले सरकार तथा नागरिक अत्यन्त सजन हुनुपर्ने अवस्थामा आएको डा. तिवारीले सुझाव दिए ।  

बाँकी कुरा याे भिडियाेमा सुनौं । डा. सुरेश तिवारी अन्त्यतिर बाेलेका छन्।

प्रकाशित: १६ भाद्र २०७७ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App