गत साता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामका कोरोना संक्रमितको ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी ’ विधिबाट उपचार गरी अध्ययन गर्न तीनवटा निजी सहित १२ वटा अस्पताललाई स्वीकृति दियो। एक ६० बर्षिय बिरामीलाई यो विधिले स्वास्थ सुधार भएको दोस्रो दिन परिषदले यो स्वीकृती दिएको थियो। बिश्वमा यो उपचार पद्धतीको प्रभावकारिताबारे अध्ययन अनुसन्धान भैरहेका र ठोस नतिजा आउन बाँकी रहेको अवश्थामा यो बिधिलाई लिएर ‘अतिरन्जित’ र ‘अत्यधिक आशावाद’ बाट जोगाउनु पर्ने संम्बन्धित विज्ञको राय छ। बिगत केही दिनयता सामाजिक संजालमा समेत यो विषयले उत्तीकै चर्चा पाएको छ।
अमेरिका भर्जिनिया राज्यको एक अस्पतालमा कार्यरत नेपाली डाक्टर युवराज सेढाईले मंगलबार एक ट्वीटमा भनेकाछन, ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी सुरक्षा र निश्चितता (से्फ्टी एण्ड र एफिकेसी) का हिसाबले प्रारम्भीक चरणमा छन् । रयन्डमाईज्ड ट्रयाल क्षिण र अपूर्ण छन्। तथ्यलाई बंग्याएर हावाको बिउमा हल्लाको हांगो हाल्नु गलत। ’
डा सेढाईको ट्वीटको प्रतिउत्तरमा बिर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सौगात पौड्याल थप्छन, ‘अनि यो गर्न लागिएको ट्रायलले दिने उत्तर अरु देशको भन्दा भिन्न हुनेवाला छ भन्ने तर्क के नि ? संसारभर यस्को उपयोतिाको बारेमा अनुसन्धान हुदैछ, जस्को नतिजा अबको १–२ महिनामा आइपुग्नेछ। ट्रायलको नाम दिएर पैसा खाने मेलो मात्र देखे मैलै त हाम्रौमा। ’
ह्याम्स अस्पतालका फिजिसियन तथा स्वास्थसेवा तथा जनस्वास्थसेवाका अनुसन्धानकर्ता डा किरन राज पाण्डे नेपालमा पहिलो पटक भएको यो उपचार विधि एक हिसाबले सकारात्मक रहेको तर यस्लाई लिएर ‘अतिरन्जना’ गर्न नहुने र अध्ययनका निष्कर्ष पर्खने धैयैता हुुनु पर्ने तर्क गर्छन।
‘एक जना बिरामीलाई लिएर निश्कर्षमा पुग्न सकिन्न’, उनले भने, ‘कुनै दुइटा कुरा सँगसँगै देखियो भने एउटाले अर्काेलाई असर गरेको भन्ने प्रमाणित हुदैन। प्लाज्मा थेरापीमा भर पर्ने बेला भैसकेको छैन। ’
डा पाण्डे थप्छन, ‘अदालतमा जसरी कुनै मुद्धामा आवश्यक प्रमाणहरु जुटाउनुपनर्छ त्यसरीनै यस्ता अध्ययन प्रमाणिक वैज्ञानिक निस्कर्षमा आधारित हुनुपर्छ।’
मेरो बिनम्र निबेदन, यो प्लाज्मालाई सन्जीवनी बुटी जसरी प्रचार नगरौ बिन्ती। तथ्य र तथ्यान्क हेरौ। डा. युवराज सेढाई
संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी पनि ती बिरामीको स्वास्थ स्थिति सुधार समग्र उपचारको कारण भएको हुन सक्ने र प्लाज्मा थेरापीनै कारक भएको नहुन सक्ने तर्क गर्छन। ‘अन्तराष्ट्रिय अध्ययनले यो थेरापीले भाइरसको मात्रा घटेको देखाएको तर मृत्युदरमा उल्लेख्य सुधार गरेको देखिन्न ’ उनी भन्छन्।
कोभिड–१९का बिरामीको प्लाज्मा थेरापी उपचारमा संलग्न रहेका त्रिभुवन विश्वविद्यालल टिचिङ अस्पलतादका छाती रोग विशेषज्ञ डा सन्तकुमार दास प्लाज्मा थेरापीकै कारण ती ६० बर्षिय बिरामीको स्वास्थमा सुधार भएको दावी गर्छन्।
‘ती बिरामीलाई रेमडेसिभीर ५ दिनसम्म चलाइएको थियो तर त्यस्ले अक्सीजनको लेभलमा सुधार गरेन र छातीको एक्सरे पनि बिग्रेको देखियो’ उनी भन्छन, ‘ हामीसँग प्लाज्मा थेरापीले नै ती बिरामीका स्वास्थ सुधार भएको भन्न्ो आधारहरु छन। हामी यस्को अध्ययन प्रतिबेदननै बनाउन लागेका छौ।’
श्वास प्रश्वास लगायतको अन्य संक्रामक महामारीको वेला कन्भलसेन्ट थेरापी मार्फत गरिने उपचारको विश्वमा एक शताव्दी भन्दा लामो इतिहास छ। कोभिड–१९को उपचारमा निश्चित औषधी र खोपको निक्यौल नभएको अवश्थामा यो विधि मार्फत उपचार गरिएको छ र यस्को नजिता मिश्रित रहेकोछ। कतिपय अध्ययनले यस्ले मृत्युदरलाई ५७ प्रतिशतको हाराहारीमा घटाएको देखाएकाछन तर ती अध्ययनले यो नतिजालाई थप पुष्टि गर्न वृहत स्तरमा ‘र्यान्डमाइज्ड क्लिनिकल ट्रयाल’ आवश्यक रहने बताएकाछन। रोगबाट निको भएका बिरामीमा रोगको विरुद्ध लडने शक्ति ‘एन्टीबडी’को बिकास हुने र निको भैसकेको बिरामीको रगतबाट प्लाज्मा निकालेर विरामीको रगतमा हालेपछि भाइरस रोकथाम हुने मान्यता प्लाज्मा थेरापीको हो। मानिसको रगतमा रहेको प्लाज्मामा वाह्य संक्रमणलाई बचाउन सक्ने क्षमता रहेको हुन्छ।
कोरोनाभाइरसको उपचारमा निश्चित औषधी र खोपको निक्र्यौल नभैसकेको अवश्थामा यो थेरापी एक विकल्प हुन सक्ने हिसावले परिषदले यो अनुमति दिएको देखिन्छ। परिषदले देशका १२ अस्पतालका १०० जना बिरामीलाई यो थेरापीको परिक्षण गरेर आएको नतिजा हेरेर मात्र यस्को प्रभावकारिता निक्यौल हुने बताएकोेछ।
‘प्रस्ताव गरिएको यो अवलोकन अध्ययन (अव्जरभेसन स्टडी) मात्र हो यस्तो विषयमा उपचारमा संम्वन्धित डाक्टरले हतारमा गरेर बोल्न हुदैन।’ नेपाल स्वास्थ अनुसन्धान परिषदका सदस्य सचीव डा प्रदीप ज्ञवालीले बताए।
‘ परिषदले संम्वन्धित डाक्टरलाई यस्ता अध्ययनको विषयमा हतारमा नवोल्न निर्देशन दिएकाछौ, ’ उनले थपे।
प्रकाशित: २२ श्रावण २०७७ ०२:१९ बिहीबार