१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा अक्सफोर्ड विश्वविद्यालयले पायो ठूलो सफलता

कोरोना भाइरसको भ्याक्सिनमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता मिलेको बताएको छ। बीबीसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको तथा प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। विश्वविद्यालयले मानिसमा गरेको परीक्षणमा भ्याक्सिनले भारसविरुद्ध लड्ने क्षमता विकास गरेको पाइएको बताएको छ।

एक हजार ७७ जनामा भएको उक्त परीक्षणमा भ्याक्सिन लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी बनाउन सकेको थिए।  

कोरोना भाइरसका विरुद्ध विश्वभर भ्याक्सिन बनाउने काममा यो ठूलो उपलब्धी भएको भन्न गलत नहुने बीबीसले उल्लेख गरेको छ। तर यसले पूर्णरुपमा कोरोना संक्रमण रोक्छ भन्न हतार हुने छ। यसको सफलताको परीक्षणको लागि ठूलो मात्रामा मानिसहरुमा परीक्षण गर्नु पर्ने हुन्छ। बेलायत सरकारले यस भ्याक्सिनको १० करोड डोज अर्डर गरेको छ।

यो भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 राखिएको छ। उक्त भ्याक्सिन चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार पारिएको हो।  

 

 

 

 

प्रकाशित: ५ श्रावण २०७७ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App