९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

झन् बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए २ लाख ६० हजार संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वमा एक दिनमा कोरोना महामारी सुरु भएयताकै बढी संख्यामा संक्रमित थपिएको बताएको छ ।  

डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा संसारभर २ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एक दिनमा थपिएका संक्रमितको यो संख्या  अहिलेसम्मकै बढी हो ।  

थपिएका संक्रमितमा सबैभन्दा बढी अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका छन् । डब्लुएचओका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ७१ हजार ४ सय ८४ संक्रमित थपिएका हुन् । यसपछि ब्राजिलमा ४५ हजार ४ सय ३ र भारतमा ३४ हजार ८ सय ८४ संक्रमित थपिएका छन् ।  

डब्लूएचओका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६० जनाको मृत्यु भएको छ । एक दिनको यो मृत्युदर पनि मे १० तारिखयताकै बढी हो ।  

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वमा अहिलेसम्म कूल १ करोड ४२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने जसमध्ये ६ लाख १ हजार २ सय १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित: ४ श्रावण २०७७ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App