८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

धादिङका सबै स्वास्थ्य संस्थालाई सामाग्री प्रदान

दुई नगरपालिकासहित १३ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। नवजात शिसु र आमाको स्वास्थ्यको विषयमा काम गरिरहेको संस्था वान हर्ट वल्र्ड वाइडले जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री प्रदान गरेको हो। जिल्लाका सवै पालिका भित्रका स्वास्थ्य संस्था, बर्थिङ सेन्टर तथा पालिकाका क्वारेन्टाइनहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य कार्यलय मार्फत हस्तान्तरण गरिएको हो।

करिव ७ लाख ११ हजार ४ सय ६७ रुपैया बराबरका स्वास्थ्य सामाग्रीहरु आवश्यकताका आधारमा जिल्लाभित्रका सवै स्वास्थ्य सस्था र बर्थिङ सेन्टरहरुलाई छुट्टा छुट्टै प्याकेट बनाइ एकमुष्ट हस्तातरण गरिएको हो। मध्य र उत्तर क्षेत्रका गाउँपालिकाहरुमा स्वास्थ्य कार्यलयबाटै सामाग्रीहरु गाउँपालिकालाई जिम्मा लगाइने र राजमार्ग क्षेत्रका गाउँपालिकाहरुमा विहीवार नै हस्तान्ररण गरिएको स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडलले जानकारी दिए।

कोरानाको महामारी वीच स्वास्थ्य सस्थाहरुको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लामै आएर हस्तारण गरेकाले महामारीसंग लड्ने स्वास्थ्यकर्मीलाई केही हदसम्म भनेपनि राहत मिलेको प्रमुख पौडेलले बताए।

वानहर्टले सन् २०१५ पछिका ४ वर्ष नवजात शिसु मातृमृत्युदर घटाउन धादिङ जिल्लामा सवैजसो स्वास्थ्यसस्थासंग जोडिएर आमा र नवजात शिशुको क्षेत्रमा काम गरेको थियो। वान हर्टले जिल्ला भित्रका बर्थिङ सेन्टरहरुमा भौतिक पुर्वाधारहरु निर्माण गर्नुका साथै १३ वटै गाउँपालिकामा भिडियो एक्सरे मेसिन प्रदान गरेको थियो।

प्रकाशित: २३ जेष्ठ २०७७ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App