६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा योग अभ्यास

जिल्लाको कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण भएको जिल्ला स्तरीय एकीकृत क्वारेन्टिनमा योग अभ्यास शुरु भएको छ ।  क्वारेन्टाईनमा रहेका मध्ये भारतबाट नेपाल आएका २९ जनामा १ जना मुगु ,१ जना हुम्लाको र बाकी सबै जुम्लाका छन् । यहाँ बसेका सबैले बिहान ७ देखि ८ बजे सम्म योग अभ्यास गर्न थालेका हुन् । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको संयोजनमा डा.प्रतिभा शर्मा (आयुवेर्दिक  डाक्टर) योग गुरु सहितको टिमबाट योग अभ्यास भइरहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताउँछिन् ।

उनका अनुसार मानसिक रुपमा स्वस्थ शारीरिक हिसावले बलियो  बनाउन योग अभ्यास शुरु गरिएको हो ।  ‘स्वास्थ्यका लागि योगा’ भन्ने नाराका साथ क्वारेन्टिनमा बसेकाहरुलाई योगबारे जनचेतना जगाउँदै योग अभ्यास गर्न थालिएको हो ।  प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपद व्यवस्थापन समितिको बैठकले जिल्ला स्तरीय एकीकृत क्वारेन्टीन निर्माण गरेर व्यवस्थित बनाएर लैजाने निर्णय अनुुसार कर्णाली प्राविधिक शिक्षालयमा जिल्ला स्तरीय क्वारेन्टीन बनाइएको हो । यहाँ सबै स्थानीय तहका छुट्टा छुट्टै ब्लक छन् ।  

कोभिड – १९ ले  मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त राख्न योग अभ्यास शुरु गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडे बताउँछिन् । योग भनेको निरोगी बन्नको लागि गर्नु पर्ने चिकित्सा पद्दति पनि हो, योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् ।   सबैका लागि उपयोगी तथा सहयोगी बन्ने सक्ने भएकाले क्वारेन्टीनमा योग अभ्यास शुरु गरिएको हो ।

अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।  बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ ।  योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।  

यसअघि कनकासुन्दरी गाउँपालिकाको मालिकाबोतामा निर्माण गरिएको क्वारेन्टीनमा पनि योग अभ्यास गरिएको थियो । बिहान बिहान योग अभ्यान गर्दा मानिसक तथा शारीरिक रुपमा निकै फाइदा पुगेको क्वारेन्टीनमा बसेकाहरु बताउँछन् । जिल्ला स्तरीय क्वारेन्टीन सुरक्षाकर्मीको घेरामा छ । प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीको निगरानी पनि भएकोले राम्रो भएको स्थानीय बताउँछन् ।  प्रमुख जिल्ला अधिकारी बञ्जाडे एकीकृत क्वारेन्टीनमा आउने सबैलाइ योग अभ्यास गर्न लगाइने बताउँछन् । भारतबाट आउने क्रम बढेकोले जुम्ला कालिकोटको सिमाना नाग्म देखि नै स्कटीङ गरेर क्वारेन्टीनमा ल्याउने गरिएको छ ।  

जुम्लामा निर्माण भएका क्वारेन्टीन मापदण्ड विपरित भएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासले क्वारेन्टीन मापदण्ड हुबहु कार्यन्वयन गर्न आदेश गरेको थियो । सोही बमोजिम जिल्ला स्तरीय क्वारेन्टिन निर्माण गरिएको हो ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App