coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सनराइज बैकद्वारा अस्पताललाई पीपीई हस्तान्तरण

काठमाडौं- सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ। बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगि पीपीई हस्तान्तरण गरेका हुन्।

बैकले पुनः प्रयोग गर्न सकिने र एक पटक मात्र प्रयोग गर्न सकिने गरि दुई प्रकारका पीपीई हस्तान्तरण गरेको छ। बैकले अस्पताललाई उपलब्ध गराएका पीपीईमा ५ थान पुनः प्रयोग गर्न सकिने र २० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्रकारका छन्। कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई पर्याप्त नभएका कारण उपचार तथा परीक्षण नै प्रभावित भईरहका बेला बैकले पीपीई उपलब्ध गराएको हो। बैकले काठमाडौ बाहेक ६ वटा प्रादेशिक अस्पतालमा पनि २५ थानका दरले पीपीई उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शुशिल शर्माले व्यक्तिगत सुरक्षा सामग्री पीपीईको सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग मिलेको बताए। बैकले वीर अस्पताललाई पनि २५ थान पीपीई उपलब्ध गराएको छ।

शनिबार बिहान प्रमुख कार्यकारी अधिकृत पौडेल वीर अस्पताल पुगी अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई पीपीई हस्तान्तरण गरेका हुन्। अस्पताललाई उपलब्ध गराईएको पीपीईमा ५ थान पुन प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न नमिल्ने छन्।

प्रकाशित: १५ चैत्र २०७६ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App