पछिल्लो समय मूत्रप्रणाली सम्बन्धी विभिन्न रोग बढ्दै गएका छन्। सँगसँगै पिसाबथैलीको क्यान्सर तथा मिर्गाैला बिग्रने(फेल हुने) रोग पनि बढिरहेका छन्। प्रस्तुत छ– यसका कारण र निवारणबारे नागरिक दैनिककी पवित्रा सुनारले वीर अस्पताल, युरालोजी विभागका प्रमुख तथा वरिष्ठ युरोलोजिस्ट डा. पारसमणि श्रेष्ठसँग गरेको कुराकानीः
मूत्रप्रणाली सम्बन्धी सबैभन्दा बढी कुन रोग देखिन्छ?
हामीकहाँ सबैभन्दा मिर्गौलाको पत्थरी देखिन्छ । शल्यक्रिया गरिएका मध्ये ५० प्रतिशत मिर्गौलाको पत्थरी नै छन् । मिर्गौलाको पाइपको पत्थरी, प्रोस्टेटको समस्या(पिसाब रोकिने) । अर्को, मूत्रप्रणालीको क्यान्सरमा चाहिँ पिसाब थैलीको क्यान्सर, मिर्गौलाको क्यान्सर र प्रोस्टेट क्यान्सर बढी छन् । सबैभन्दा बढी पिसाबथैलीको क्यान्सर देखिएको छ।
नेपालमा पिसाबथैलीको क्यान्सर हुनाको कारण?
यो रोग धूमपानका कारणले हुने भएकाले जुन देशमा धूमपान गर्ने बढी छन् त्यो देशमा यो रोग बढी हुन्छ । नेपालमा पनि धूमपान गर्ने बढी छन्।
मिर्गौलाको पत्थरी बढी हुुनाको कारण?
पहिलो कुरा, मिर्गौलाको पत्थरी कसरी हुन्छ भन्ने कुरा विश्वमा कसैलाई पनि थाहा छैन । अहिलेसम्मको अध्ययनले चाहिँ धेरै प्रोटिन भएका खानेकुराले मिर्गौलामा पत्थरी भएको देखिन्छ । जस्तै, पानी कम पिउने तर मासु धेरै खाने । पहिलेभन्दा अहिले यस्ता खानेकुरा खाने चलन बढी देखिन्छ । क्षेत्रीय रूपमा यो रोगको अवस्था फरक देखिन्छ । पूर्वमा कम छ, पश्चिममा पत्थरीको समस्या बढी छ । खास कारण के हो थाहा छैन । पानी, खाना र वंशाणुगत कारणले पनि हुन सक्छ।
मिर्गौलामा पत्थरी पुरुषलाई बढी हुन्छ । पिसाबथैलीको क्यान्सर पनि पुरुषलाई नै बढी हुन्छ । धूमपान र मासु पनि पुरुषले बढी प्रयोग गर्ने हुनाले यी रोगहरू पनि पुरुषमा बढी देखिने गरेका हुन् ।
मूत्रप्रणालीमा हुने क्यान्सरमा कुन बढी छ?
पिसाबथैलीको क्यान्सर नै बढी छ।
मूत्रनलीको रोग महिलामा बढी छ कि पुरुषमा?
यो रोग पुरुषलाई बढी हुन्छ । किनकि प्रोस्टेट ग्लान्ड महिलामा हुँदैन । यो पुरुषका लागि महिलाको पाठेघरजस्तै हो । प्रोस्टेट ग्लान्ड ५० वर्ष पुगेपछि बढ्दै जान्छ र पिसाबनली नै छेक्छ । यो ग्लान्डको मुनि पिसाबथैली हुन्छ । नेपालमा धेरैजसो पिसाब रोकिएपछि मात्र उपचार गर्न आउने चलन छ । यो रोग ७५ प्रतिशत पुरुषलाई हुन्छ । मिर्गौलामा पत्थरी पनि पुरुषलाई नै बढी हुन्छ । पिसाबथैलीको क्यान्सर पनि पुरुषलाई बढी हुन्छ । धूमपान र मासु पुरुषले बढी प्रयोग गर्ने हुनाले यी रोगहरू पनि पुरुषमा बढी देखिने गरेका हुन्।
महिलाहरूमा हुने पिसाबसम्बन्धी रोगचाहिँ के–के हुन् त?
महिलामा हुने मुख्य रोग भनेको युटिआई(पिसाबथैलीमा संक्रमण) हो । यो रोग पनि महिलाहरूको मूत्रप्रणालीको बनावटका कारणले बढी हुन्छ । महिलाको पिसाबनली प्राकृतिक रूपमै छोटो हुन्छ । त्यसकारण बाहिरबाट व्याक्टेरिया सजिलै भित्र प्रवेश गर्छ र सजिलै संक्रमण हुन्छ।
कसरी जोगिने त?
कतिपय महिलालाई यौन सम्पर्कबाट यस्तो रोग हुन्छ । यौन साथीको यौन अंग पनि सफा हुनु प-यो । दिसा–पिसाब गरेपछि मलद्वार सफा राख्नु प-यो । मुख्य गरी तरल पदार्थहरूबाट व्याक्टेरिया सजिलै भित्र प्रवेश गर्ने भएकाले संक्रमण गराउँछ । दिसा–पिसाब गरेर भिजेको भाग सधैं सुक्खा राख्नुपर्छ।
मिर्गौलामा पत्थरी हुँदैछ भन्ने कसरी थाहा पाउने?
दुख्ने नै हुन्छ । कोखा दुख्ने, पिसाब पोल्ने र पिसाबबाट रगत पनि आउन सक्छ । यो अल्ट्रासाउन्डबाटै थाहा पाइन्छ।
युरोलोजीका बिरामी नै धेरै छन्। पहिला, यो रोग उपचारका सबै सेवा सुविधा हामीसँग थिएन। मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। सीमित सुविधा मात्र थिए। अहिले त वीर अस्पतालमा अन्तर्राष्ट्रिय स्तरकै सेवा छ। अहिले यहाँ अन्तर्राष्ट्रिय युरोलोजी केन्द्रमा हुने सबै उपचार यहाँ उपलब्ध छन्।
पिसाबथैली संक्रमणका लक्षण के–के हुन्?
ज्वरो आउने, पिसाब फेर्दा धेरै बेरसम्म बस्न मन लाग्ने, पिसाब फेर्दा दुख्ने, पिसाब रोक्न गाह्रो हुने, पिसाब गर्न हतार हुने हुन्छ । कसैकसैको पिसाबमा रगत पनि देखिन्छ । कतिपय महिलालाई शारीरीक सम्पर्कबाट पनि यस्तो संक्रमण हुन्छ । धेरैजसो विवाहित महिलालाई पिसाबथैलीको संक्रमण हुन्छ । पानी कम पिएका कारण पनि यस्तो हुन्छ । तर मुख्य कारण त पिसाबनली छोटो भएरै हो।
पिसाबथैलीको क्यान्सर भयो भने कस्ता लक्षण देखिन्छन्?
पहिलो लक्षण भनेको पिसाबबाट रगत आउनु हो । बिना कुनै कारण नदुखिकन पिसाबबाट रगत आउनु । मिर्गौलामा पत्थरीको क्यान्सर भएमा पनि पिसाबमा रगत देखिन्छ।
अण्डाशयको क्यान्सर भएमा लक्षण?
नदुखिकन अण्डकोष ठूलो र साह्रो भएर आउँछ।
एर्डिनल ग्लान्डको क्यान्सर भयो भने कस्ता लक्षण देखिन्छन्?
यसले शरीरका सबै हर्मोन सन्तुलनमा राख्ने काम गर्छ । यसको क्यान्सर भएमा फरक–फरक लक्षण देखिन्छन् । नुन, रक्तचापको सन्तुलन राख्ने काम यही हर्मोनले गर्छ । यो बिना हामी बाँच्नै सक्दैनौं । महिला र पुरुषको हर्मोन बढाउने काम पनि यही ग्लान्डले गर्छ । यो अति नै महत्वपूर्ण ग्लान्ड हो । ग्लान्डको पनि नुनको भागमा असर गरेको छ भने सोडियमको कमी देखिन्छ । रगतको हर्मोनमा असर प-यो भने रक्तचाप नियन्त्रण नहुने, महिलामा दारी आउने समस्या देखिन्छन् । यसमा पनि क्षयरोग हुन सक्छ।
वीर अस्पतालमा युरोलोजीका बिरामी कति आउँछन्?
मासिक औसत १२ देखि १३ सय बिरामी आउँछन् । मिर्गौला प्रत्यारोपण महिनाको चारवटा, अन्य दिन शल्यक्रिया गर्छौं । अति नै चाप भएका कारण दैनिक बहिरंग विभागमा बिरामी हेर्दैनौं।
मिर्गौला बिग्रिँदैछ भनेर बेलेमै कसरी थाहा पाउने?
आफैं सजिलै थाहा हुँदैन । यसका लागि ६ महिना वा एक वर्षमा नियमित मिर्गौलाको जाँच गर्नुपर्छ । हामीकहाँ पनि मधुमेह र उच्चरक्तचापले मिर्गौला बिग्रिने समस्या धेरै देखिन्छ।
पिसाबथैलीको क्यान्सरबाट जोगिन के गर्ने?
रङ, छाला उद्योगमा काम गर्ने, सडकमा कालोपत्रे काम गर्ने मजदुरलाई बढी पिसाबथैलीको क्यान्सर हुन्छ । यसबाहेक बढी धूमपान गर्नेमा पनि यसको समस्या देखिन्छ । त्यसकारण धूमपान नगर्ने र यी पेसाहरू लामो समयसम्म नगर्ने।
वीर अस्पतालमा युरोलोजी युनिट कहिलेदेखि सुरु भयो?
युनिट त पहिलादेखि नै थियो । विभाग बनेको चाहिँ दुई वर्ष मात्र भयो।
यो क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ?
म १५ वर्षदेखि यो सेवामा छु।
युरोलोजी विभागमा सधैं बिरामीको चाप देखिन्छ, कारण के हो?
युरोलोजीका बिरामी नै धेरै छन् । पहिला, यो रोग उपचारका सबै सेवा सुविधा हामीसँग थिएन । मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । सीमित सुविधा मात्र थिए । अहिले त वीर अस्पतालमा अन्तर्राष्ट्रिय स्तरकै सेवा छ । अहिले यहाँ अन्तर्राष्ट्रिय युरोलोजी केन्द्रमा हुने सबै उपचार सेवा सुविधा यहाँ उपलब्ध छन्।
मूत्रप्रणाली अन्तर्गत कुन–कुन रोगको उपचार हुन्छ यो विभागमा?
यो विभागमा मूत्रप्रणालीका सबै अंगको शल्यक्रिया हुन्छ । मिर्गौला, सुपर डिनल ग्लान्ड(शरीरका सबै हर्मोन सन्तुलन राख्ने अंग), पिसाबको पाइप, थैलो, अण्डकोष र प्रोस्टेट क्यान्सर र पिसाब थैलीको क्यान्सर सबैको शल्यक्रिया यहीं हुन्छ । तर मिर्गौला फेल भएपछि गरिने डाइलोसिस भने नेफ्रोलोजी विभागअन्तर्गत पर्छ।
मूत्ररोगका लागि उपलब्ध आधुनिक उपचार प्रविधि के–के छन्?
लेजर बाहिरैबाट ढुंगा फुटाउने उपकरण छन् । पहिला, ढुंगाको शल्यक्रिया सबै चिरेर गरिन्थ्यो । ६ वर्षयता नचिरिकन गरिन्छ । अहिले लेजर पिसिएल प्रविधिबाट गरिन्छ । अहिले पिसिएल (बाहिरैबाट रे हानेर ढुंगा फुटाउने प्रविधि) पनि छ । अहिले हामीकहाँ आरए आरएस पनि (मिर्गौलाभित्र औजार पु-याएर ढुंगा फुटाउने प्रविधि) पनि छ । प्रोस्टेडको शल्यक्रिया पनि नचिरी गर्ने प्रविधि छ । मूत्रनलीका सबै अंगका क्यान्सरको उपचार पनि यहीं हुन्छन्।
मिर्गौला बिगे्रर फाल्नु प-यो, मिर्गौलामा क्यान्सर भयो अर्थात् पिसाबथैलीमा क्यान्सर भयो भने मैले पनि साना–साना प्वाल पारेर शल्यक्रिया गर्छु । यी प्रविधिका कारण पहिलाजस्तो कुनै पनि अंगको शल्यक्रिया गर्दा ठूलो भाग काट्नु पर्दैन । राम्रोसँग देखिने भएकाले उपचार ठीक ठाउँमा हुन्छ । यो प्रविधिबाट शल्यक्रिया हुँदा उपचार राम्रो छ । पुरानो प्रविधिबाट चिर्दा बिरामी एक हप्तासम्म अस्पतालमा सुत्थ्नुपथ्र्याे भने अहिले नयाँ प्रविधिमार्फत् शल्यक्रिया गर्दा दुई दिनमै घर जान सक्छन्।
समग्र देशमा उपचारको अवस्था कस्तो छ त?
विराटनगरको कोसी अञ्चल अस्पताल, नोबेल अस्पताल, पोखराको मणिपाल कलेज, गण्डकी अस्पताल, नेपालगन्ज, बुटवल, धुलिखेल अस्पताल लगायतका अस्पतालमा यसको उपचार हुन्छ।
कुनै पनि व्यक्तिले आफ्नो मूत्रप्रणाली कसरी स्वस्थ राख्ने?
मिर्गौलाका लागि पानी ठिक्क मात्रामा पिउनु पर्छ । मान्छेले दाल, भात, फलफूलमा पाइने पानीलाई समेत जोडेर दैनिक तीन लिटर पानी पिउनु पर्छ । मौसम र भूगोलअनुसार पनि पानीको मात्रा कम र बढी हुनु आवश्यक छ । सबै भन्दा राम्रो धूमपान नगर्नु हो । कागती, सुन्तला, मौसमीजस्ता केस्रायुक्त फलफूल खाएमा पत्थरी कम हुन्छ । रातो मासु कम खाने, जे पनि सन्तुलित खाने, युरिक एसिड बढी भएमा मिर्गौलामा समेत असर पर्ने भएकाले यसलाई नियन्त्रणमा राख्ने।
मधुमेह र उच्च रक्तचाप बढी भएकाहरूको पछि गएर मिर्गौला फेल हुने भएकाले यी दुवै रोगलाई नियन्त्रणमा राख्नु पर्छ । मिर्गौलाको पत्थरी समयमै निकालिएन भने पनि पछि गएर मिर्गौला फेल हुन्छ । मिर्गौलाको पत्थरीको उपचार पनि समयमै गर्नु आवश्यक छ । मिर्गौलाको पत्थरीको उपचार ढिला गरेर मिर्गौला फेल भएका धेरै छन् । ढिला उपचारमा आउनेमा महिला बढी छन् । चार बिरामीमध्ये तीन महिला बिरामी उपचारमा ढिला आउँछन् । महिलाहरू मिर्गौला नै बिगे्रपछि मात्र अस्पताल आइपुग्छन् । मिर्गौलाको ढुंगा पत्ता लगाउन भिडियो–एक्सरे गर्न सकिन्छ।
प्रकाशित: १० कार्तिक २०७५ ०१:२० शनिबार