१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चिकित्सक संघको विरोध : उपत्यकाका अस्पतालमा बहिरंग सेवा बन्द

नेपाल चिकित्सक संघको विरोध कार्यक्रम स्वरुप उपत्यकाका सबै जसो अस्पतालमा बहिरंग सेवा बन्द भएको छ। 

संघले उपभोक्ता अदालतको फैसलामा प्रक्रियामा त्रुटि भएको र कानुनमा दोहोरोपना भएको भन्दै विरोध जनाएको छ। विरोध कार्यक्रम अन्तर्गत अहिलेको समस्याको निकशा आउने सम्बोधन नभएसम्म सेवा बन्द गर्ने जनाएको छ।  

वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरेका अनुसार अस्पतालमा सोमबार बहिरंग विभागमा आएका गम्भीर प्रकृतिका बिरामीलाई आाकस्मिक सेवा मार्फत सेवा दिइएको छ। नियमित शल्यक्रिया र सिटिसक्यान, एमआरआई जस्ता सेवा भने सुचारु रहेको उनले जानकारी दिए। ‘गाह्रो भएका बिरामीलाई आकस्मिक कक्षबाट भर्ना गरेका छौँ,’ उनले भने।

प्रकाशित: २३ असार २०८२ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App