१८ माघ २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिका कर्मचारी वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बिमामा आबद्ध हुन पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित सबै राष्ट्रसेवक तथा संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा आबद्ध गराउने विषय कार्यान्वयनका लागि मन्त्रालयमार्फत पहल थालेका थिए ।

मन्त्रालयले यस व्यवस्था कार्यान्वयनमा सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा स्वास्थ्य बिमा ऐनमा भएको प्रावधान कार्यान्वयन गराउन संघीय मामिलाले पत्राचार गरेको हो ।

पालिकाका राष्ट्रसेवकसँगै वैदेशिक रोजगारीमा जानेको परिवारलाई ऐनको व्यवस्थाअनुसार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार तथा सहजीकरणका लागि आग्रह गरेको पत्रका आधारमा सामान्य प्रशासनले अनिवार्य आबद्धताका लागि पत्र पठाएको उल्लेख गरेको छ ।

प्रकाशित: ३ असार २०८२ १८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App