भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोभिड-१९ का कूल १००९ सक्रिय केस रहेको बताएको छ।
मन्त्रालयका अनुसार केरलामा यो रोगका सबैभन्दा बढी ४३० सक्रिय केसहरू छन्। त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ केसहरू रहेको पुष्टि भएको बीबीसी हिन्दीले गरेको छ।
यसैगरी, गुजरातमा ८३, तमिलनाडुमामा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३ र पश्चिम बङ्गालमा १२ केस भेटिएका छन्।
कोभिड १९ सङ्क्रमणका बढ्दो केसको विषयमा तत्काल खास चिन्ता लिननपर्ने कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुंडु रावले समाचार एजेन्सी पीटीआईसँग बताएका छन्।
‘हो, हामीले दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका बढ्दो केसहरूको बारेमा सुनेका छौँ तर, त्यसमा पनि हल्का सङ्क्रमण भएको छ। भारतमा पनि कोभिड–१९ जस्ता केसहरू भेटिएका छन्, ती सबै सामान्य खालका छन्,’ उनले भनेका छन्।
उनका अनुसार महाराष्ट्र र केही अन्य स्थानहरूमा केहीको मृत्यु भएको छ। तर, ती मृत्युलाई सिधै कोभिडसँग जोड्न नसकिने उनले बताएका छन्। ती केसहरूमा अन्य रोगहरू रहेको उनको भनाइ छ।
मन्त्री रावले यो सङ्क्रमण देखिएको वर्तमान अवस्थामा सबै सतर्क र सावधान हुनुपर्ने बताए। ‘हामी यो सङ्क्रमणलाई नजिकबाट हेरिरहेका छौँ। केही स्वास्थ्यसम्बन्धी एडभाइजरीहरू पनि जारी गरेका छौँ,' उनले भने।
प्रकाशित: १२ जेष्ठ २०८२ १५:४१ सोमबार





