१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पताल सुधारका लागि कार्यदल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार कार्यदल गठन गरेका छन । मन्त्रालयले बुधवार वरिष्ठ चिकित्सक डा. मदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका हुन । तीन सदस्यीय कार्यदलमा विज्ञका रुपमा दीपकमोहन भट्टराई तथा डा. सुरेश तिवारी सदस्य छन् ।  

कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यदिशा तय गरिएको छ । कार्यदलले  नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्स लगायत सेवाको लागि  उपलब्ध उपकरणको सुधार गर्ने उपाय खोज्न पनि सुझाउनु पर्नेछ ।  

कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानको उपाय खोज्न, वीरको डिजिटल प्रणालीलाई  सुधार गर्न लगायत निर्देशन दिइएको छ । यसैगरी वीरलाई डिजिटलाइजेश गर्न देखिएका कठिनाइबारे सुझाव र भावी योजना समेत प्रस्ताव गर्नु पर्नेछ ।  

मन्त्रीपौडेलले वीर अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्र्रिय आविष्कार केन्द्रलाई जिम्मादिन सहजीकरण गरेका थिए । मर्मत पछि कम खर्चमा सेवा दिइरहेको मन्त्रालयले जनाएको छ ।  अस्पतालका निर्देशक डा. दिलिप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए ।  

 

प्रकाशित: ३१ वैशाख २०८२ १७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App