९ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनको आँखा ‘एसपिएसिएस २०३०’ कार्यक्रम सुरु

विश्व स्वास्थ्य सङ्गठनले आँखा स्वास्थ्य सम्बन्धी कार्यक्रम ‘एसपिसिएस २०३० सुरु गरेको छ ।

नेपालसहित विश्वव्यापी रुपमा आँखा स्वास्थ्यमा करोडौँ मानिसको पहुँच नपुगेको र यसको पहुँचमा पुर्‍याई स्वस्थ आँखा सहितको व्यक्तिको कार्य शक्ति बढ्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनले एक समारोहका बिच हालै यो कार्यक्रम सुरु गरेको हो ।

सङ्गठनको अनुसार एसपिसिएस २०३० ले विश्वभरिका करोडौं मानिसको आँखा उपचार सेवा र चस्मामा पहुँच सुधार गर्ने लक्ष्य लिएको छ । दृष्टि दोषको समस्याबाट बालबालिकादेखि वृद्धासम्म दृष्टि समस्या निम्ताउने मुख्य कारक रहेको तर समयमै उचित उपचार नभएमा दैनिक जीवन, कामकाज र अध्ययनमा ठूलो असर परेको छ ।

नेपालमा भएको अन्धोपनाको अन्त्य सम्बन्धी अध्ययनले दृष्टिदोष उपचार सेवालाई स्वास्थ्य प्रणालीमा समावेश गर्न सुझाएको छ । नेपाल  सहित विश्वभरि कायम दृष्टि दोषको समस्या र उपचारमा पहुँच पुर्‍याउने लक्ष्यले सन् २०२१मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरू विश्वव्यापी लक्ष्यमा पहिलो पटक सहमति भएका थिए । यही सहमति अनुरूप सङ्गठनले सन् २०३० सम्ममा दृष्टि दोषको उपचार सेवामा ४० प्रतिशत वृद्धि गर्ने लक्ष्य लिएको छ ।

एसपिसिएस २०३० ले विभिन्न पाँच क्षेत्रमा जोड दिएको छ । समा दृष्टि दोष उपचार सेवामा पहुँच सुधार गर्नु,दृष्टि दोष उपचार सेवा प्रदान गर्न दक्ष जनशक्ति तयार गर्नु,जनतालाई दृष्टि र आँखाको स्वास्थ्यका बारेमा शिक्षित गर्नु, दृष्टि दोष उपचार सेवा, चस्माको लागत घटाउनु र अनुगमन र अनुसन्धान प्रणाली सुदृढ गर्नु समावेश छन् ।

एसपिसिएस कार्यक्रमले  बालबालिका र वयस्कहरूमा टाढा वा नजिक देख्न नसक्ने समस्या जस्ता दृष्टि दोषको समाधान गर्न महत्त्वपूर्ण कदम चालेको छ सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको दृष्टि तथा आँखा स्वास्थ्य कार्यक्रमका डा स्टुअर्ट किलले भने,‘विश्वभर करिब १ अर्ब मानिस चस्मा जस्तो सरल उपायले सुधार गर्न सकिने दृष्टि समस्याबाट पीडित छन्।’  

प्रकाशित: २१ वैशाख २०८२ १५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App