१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले छुटेका बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए। 'नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ,' उनले भने, 'त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउने छन्।'

नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन्। शाखा प्रमुख डा गौतमले छुटेका पाँच प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाइने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट भएका आ-आफ्ना सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ। रासस 

प्रकाशित: १९ वैशाख २०८२ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App