नेपाल चिकित्सक संघले सरकारलाई माग सम्बोधनका लागि ७२ घण्टे ‘अल्टिमेटम’ दिएको छ ।
संघका महासचिव डा.सञ्जिव तिवारीले सोमबार विज्ञप्ति निकाल्दै दुई बुँदे माग सम्बोधनका लागि ७२ घण्टे ‘अल्टिमेटम’ दिएका हुन् । तोकिएको समयभित्र माग पूरा नभए देशका सम्पूर्ण चिकित्सकहरुलाई चरणबद्ध आन्दोलनमा उतार्ने चेतावनी संघको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोगले प्रकाशित गरेको सिट म्याट्रिक्समा १७ औँ बैठक ले पुनः थपेको सीट संख्या समेत जोडेर एक सीट पनि नघटाई भविष्यमा पनि पिजी सीट नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रक्रियाको सुरुवात हुनुपर्यो । हाल स्नाकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरुले एवं भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय चिकित्सकहरुले आठौं तह बराबरको निवृत्तिभरण तत्काल पाउनुपर्यो ।'
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तीभरण दिने निर्णय गरेको थियो । सो निर्णयको तत्काल एवं निर्शत कार्यान्वयन नै नेपाल चिकित्सक संघको अन्तिम विन्दु हुने तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विगत लामो समयदेखी विभिन्न नीजि मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरु एवं एमडीरएमएस रएमडी एस लगायत विभिन्न स्नाकोत्तर तहमा अध्ययन गर्न संघर्षरत परीक्षार्थीहरु आन्दोलनमा छन् ।
प्रकाशित: १ वैशाख २०८२ १६:४७ सोमबार