३ वैशाख २०८२ बुधबार
image/svg+xml १७:६ अपराह्न
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका दुई सचिवको एकसाथ विदाइ

नयाँ सचिवमा डा.मिश्र, देवकोटा र बराकोटी प्रतिस्पर्धी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई जना सचिव अनिवार्य अवकाशमा जाँदैछन् । मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव दीपेन्द्र रमण सिंह अनिवार्य अवकाशमा जान लागेका हुन् । 

सोमबारदेखि सेवा अवधि सकिने दुवै सचिवलाई आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औपचारिक विदाइ गरे ।

२०७६ सालमा मन्त्रिपरिषदको निर्णय अनुसार तत्कालिन १२औं तहका कर्मचारी महेन्द्र श्रेष्ठ र रोशन पोखरेल विशेषज्ञका रुपमा नियुक्ति भएका थिए । यी मध्येमा श्रेष्ठ सेवा अवधि सकिएपछि अवकाश लिएका थिए भने डा. पोखरेल २०७८ सालमा सचिवको रुपमा नियुक्ति पाएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार रिक्त दुवै पदको लागि एक साताभित्र सचिव नियुक्ति प्रक्रिया टुंगो लाग्नेछ ।  

डा. बुढाथोकीका अनुसार लोकसेवा आयोका अध्यक्ष, विज्ञ, सामान्य प्रशासन मन्त्रालयका सचिवले तीन जनाको नाम सिफारिस गर्नेछन् । ती मध्येमा मन्त्रिपरिषदले एक जनालाई सचिवको रुपमा नियुक्ति  गर्नेछ ।  

सो अनुसार हालका १२ औ तहका स्वास्थ्य कर्मचारीहरु डा. विकास देवकोटा, डा. संगिता मिश्र र डा. टंक बराकोटी यो पदको लागि उम्मेदवार हुन । उनीहरु मध्येमा एक जना अवको सचिव बन्ने डा. बुढाथोकीले जानकारी दिए । 

प्रकाशित: ११ फाल्गुन २०८१ १७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App