११ पुस २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘दाँत उमार्न सम्भव छ’

बिग्रेका र झरेका दाँतको ठाउँमा प्रयोगशालामा उमारिएका उस्तैखाले मौलिक दाँत प्रत्यारोपण गर्न सकिने एक वैज्ञानिक अध्ययनले देखाएको छ। मानिसका बुद्धि बंगाराका कोषहरू र सुँगुरका बंगाराका कोषहरू मिलाएर प्रयोगशालामा यी दाँत उमार्न सकिने र त्यसलाई अन्ततः मानिसमा प्रत्यारोपण गर्न सकिने सो अध्ययनले देखाएको हो।

अध्ययनको नेतृत्व गरेकी अमेरिकाको बोस्टनको टफ्ट्स विश्वविद्यालयका अर्थोडेन्टिक्सकी प्राध्यापक पामेला येलिकाका अनुसार अबको २० वर्षभित्रै यी प्रयोगशालामा उमार्न सकिने दाँतहरू प्रयोग गर्न सकिनेछ। वैज्ञानिकका अनुसार मानिस र सुँगुरका दाँतका दन्त कोषिकाको संयोजनबाट उमारिने यी दाँतलाई सुरुमा सुँगुरको मुखमा राखिनेछ, त्यहाँ यी दाँतहरू थप बढ्नेछन्। आकारको हिसाबले यी दाँतहरू ठ्याक्कै नमिले पनि यी प्राकृतिक दाँतजस्तै देखिने प्रा. पामेला बताउँछिन्। अन्य रासायनिक अवयवबाट बनाइने दाँतको प्रत्यारोपणभन्दा यी दाँत वास्तविक हुने, धेरै समय खप्ने र मौलिक अनुभव प्राप्त हुने वैज्ञानिकको दाबी छ।

वैज्ञानिक जर्नल स्टेम सेल्स ट्रान्सलेसनल हालै प्रा. पामेला र उनको टिमले गरेको अध्ययनअनुसार चार महिनाभन्दा कम अवधिमै सुँगुरमा मानव दाँत जस्तै दाँतहरू उमारिएका थिए। अध्ययनमा सहभागी वैज्ञानिकले निकट भविष्यमै नयाँ दाँत बनाउन केवल मानव कोषहरू मात्र प्रयोग गरेर सम्भव हुने दाबी गरेका छन्।

‘अध्ययनले वायोइन्जिनियरिङ गरिएको दाँतको प्रयोगलाई सम्भावनाको नजिक पु¥याएको छ,’ अनुसन्धानकर्ताले जर्नलमा भनेका छन्। प्रा. पामेलाले प्रयोगशालामा उमारिएका दाँतहरूले स्नायु र रक्त परिसञ्चरण कायम राख्ने भएकाले अन्य हिसाबले प्रत्यारोपण गरिने दाँतभन्दा प्रयोगकर्तालाई प्राकृतिक महसुस हुनेछ। उनले आफ्नो वैज्ञानिक सफलतालाई व्यावसायिकतामा परिणत गर्न ‘रिजेन्डोडेन्ट’ नामक एउटा छुट्टै कम्पनी स्थापना गरेकी छिन्। अमेरिकाका संघीय औषधी व्यवस्थापन निकाय (एफडिए)ले यो प्रविधिलाई स्विकृति दिएपछि उत्पादन अगाडि बढाउने तयारी रहेको छ।

(अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा)

प्रकाशित: १० फाल्गुन २०८१ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App