आज विश्व क्यान्सर दिवस। विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियान सुरु गर्दैछ।
विद्यालय केन्द्रित यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको हो।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १६ लाख किशोरीलाई खोप दिन लागिएको छ।
प्रकाशित: २२ माघ २०८१ ०८:५६ मंगलबार