२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पाँच वर्षमुनिका बालबालिकालाई आज पनि पोलियोविरुद्धको खोप दिइँदै

काठमाडौं उपत्यकामा पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रुपमा पोलियोविरुद्धको खोप दिने अभियान आज पनि जारी छ।

साउन १२ गतेसम्म चल्ने उक्त अभियान अन्तर्गत उपत्यकाका तीन वटै जिल्लाका ५ वर्ष मुनिका झन्डै २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरिएको छ।

राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गर्दै अभियान नै सुरु गरेको हो।

राजधानीमा फेला परेको पोलियो भाइरस मुखबाट खुवाइने पोलियो भाइरसको उत्परिवर्तनका रूपमा फेला परेका कारण मुखबाटै खोप द्निे काम सुरु भएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

चार दिन जारी रहने पोलियो खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ।

प्रकाशित: १० श्रावण २०८१ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App