११ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

के हो एक्जिमा ? समाधानको उपाय के हुन्छ ?

अहिले गर्मी अत्यधिक छ । यसले छालादेखि शरीरका विभिन्न अंगमा फरक-फरक प्रकारका रोग र संक्रमण निम्त्याइरहेको हुन्छ । योमध्येको एक हो एक्जिमा । 

एक्जिमा छालासम्बन्धी देखिने विभिन्न समस्यामध्येको एक हो । एक्जिमा सबैभन्दा धेरै देखिन्छ । यसले सामान्यदेखि जटिल समस्याहरु निम्त्याउँछ ।  

छाला पोल्ने, रातो हुने, चिलाउने, मसिनो फोका आउने, हल्का पानी बग्ने, छाला कडा हुने लगायत समस्या एक्जिमामा देखिन्छ । गरगहना, टीका, विभिन्न प्रकारका क्रिम र लोशन, औंठीले पनि छाला चिलाउने लगायतको समस्या दिन्छ । आफूलाई एलर्जी गराउने वस्तुबाट टाढा रहनु नै यसको रोकथामको उपाय हो।  

एक्जिमा व्यक्ति अनुसार फरक हुन्छ। एक्जिमा धेरै प्रकारको हुन्छ। आम रुपमा देखिने समस्या भनेको ‘कन्ट्याक्ट डर्माटाइटिस’ हो। कुनै पनि वस्तुको सम्पर्कबाट छालामा हुने एलर्जीलाई ‘कन्ट्याक्ट डर्माटाइटिस’ भनिन्छ।  

सामान्य एक्जिमाको समस्यामा मल्हम लगाए पुग्छ। तर जटिल खालका एक्जिमा भए औषधि खानुपर्ने अवस्था पनि हुन्छ। कतिपय एक्जिमा वंशाणुगत पनि हुन्छन्। यो एक्जिमा बच्चादेखि नै सुरु हुन्छ। कतिको उमेरसँगै निको भएर जान्छ भने कतिको जीवनभर रहिरहन्छ। यस्तो समस्या भएका व्यक्तिले आफुले प्रयोग गर्ने साबुनदेखि लोसन, क्रिम र औषधिसम्म ध्यान दिन आवश्यक छ ।  

एक्जिमा हुन नदिने पहिलो उपाय भनेकै आफूलाई एलर्जी गराउने बस्तुको सम्पर्कबाट टाढा रहनु नै हो । लामो समयसम्म एक्जिमा लिएर बस्नु भनेको चै अर्को समस्यालाई बोलाउनु हो । त्यसैले धेरै समस्या दिनु अगावै चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

प्रकाशित: २ असार २०८१ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App