१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं महानगरका पाँच वडामा स्वास्थ्य बिमा सुरु

काठमाडौं महानगरले पाँच वटा वडाबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। महानगरले पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो।

महानगर स्वास्थ्य शाखाकी इन्चार्ज सजिरा महर्जनका अनुसार महानगरको कंकेश्वरी, बानेश्वर, जयवागेश्वरी, बल्खु, ज्ञानेश्वर, लगायतमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ।

प्रथम सेवा विन्दु अस्पतालको भौतिक तथा अन्य पुर्वाधार र सेवाको तयारी पूरा भएका वडाबाट स्वास्थ्य बिमा सुरु गरेको महर्जनले बताइन्। 

बिरामीको स्थिति हेरेर  बिशिष्टीकृत अस्पताल जानुअघि या रेफर गर्नुअघि आवश्यक परीक्षण र उपचार प्रथम विन्दु अस्पतालमा गरिने छ। महानगरले प्रत्येक वडामा सञ्चालित आधारभुत अस्पताललाई प्रथम विन्दु अस्पतालको लागि प्रयोगमा ल्याएको हो। हाल यी अस्पतालबाट सबै प्रकारका ल्याव सेवाका साथै एक्स-रे, भिडियो एक्स-रे लगायतका परिक्षणबाट रोग पहिचान गर्ने र मेडिकल अफिसरबाट सेवा दिने व्यवस्था छ।

प्रथम विन्दु अस्पतालमा हुने उपचार स्वास्थ्य बीमाबाटै गरिन्छ र उपचार सम्भव नभए रेफर गर्नु परेमा पनि स्वास्थ्य बिमा मार्फत नै सेवा लिन सकिन्छ।

स्वास्थ्य बिमामा आवद्ध भई महानगरवासी सहज र सुलभ उपचारमा सहभागी हुने अवसर पाएको इन्चार्ज महर्जनले बताइन्। अन्य आधारभुत अस्पतालमा भौतिक पूर्वाधार तथा जनशक्ति पुर्ति, भवन निर्माणको प्रक्रियामा रहेको र क्रमश्: स्वास्थ्य बिमा लागू हुँदै जाने उनले बताइन्।

प्रकाशित: २ जेष्ठ २०८१ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App