१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आज विश्व क्यान्सर दिवस, एक वर्षमा एक करोडभन्दा बढीको मृत्यु

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ यस वर्षको विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

क्यान्सर रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो। यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ। 

यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा क्यान्सर  रोगको उपचार गर्न सकिन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु क्यान्सर रोगका कारण भएको छ। सङ्गठनका अनुसार क्यान्सर रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।

यस्तै सबैभन्दा धेरै फोक्सोको क्यान्सर रोग देखिएको छ। स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन्। 

नेपालमा क्यान्सर रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि सङ्गठनकाका अनुसार नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने क्यान्सरका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ। यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा क्यान्सरको रोग बढी हुने गर्छ।

प्रकाशित: २१ माघ २०८० ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App