१४ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

काठमाडौँ महानगरमा तीन महिनापछि स्वास्थ्य बिमा

काठमाडौँ महानगरभित्र तीन महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ। यही साता स्वास्थ्य बिमा वोर्डसंग सम्झौता हुन लागेको महानगरका स्वास्थ्य विभागका प्रमुख राम प्रसाद पौडेलले जानकारी दिए।

बिमा कार्यक्रम लागु गर्नको लागि महानगरले २४ वटा प्रवेश बिन्दु अस्पतालहरू विभिन्न वडाहरूमा तयार भइसकेको छ। ती अस्पतालहरुमा आवश्यक चिकित्सक र उपकरण पूर्ति गर्ने प्रक्रियाको लागि तीन महिना लाग्ने भएको प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

प्रवेश विन्दु अस्पतालहरूको लागि २७ जना चिकित्सकको दरबन्दी माग र आवश्यक उपकरणको लागि टेन्डर प्रक्रिया खुलिसकेको प्रमुख पौडेलले जनाए। ‘यी दुई वटा चिज पूर्ति भएर तयारी अवस्था  हुन तीन महिना लाग्ने देखिन्छ’ उनले भने। 

पौडेलका अनुसार महानगरभित्र ठूलो जनसङ्ख्या भएकोले विमित नागरिकहरूको संख्या पनि धेरै हुने र विमित सबै सिधै ठूलो अस्पतालहरुमा पुग्दा अस्पतालहरूले भार  थेग्न नसक्ने भएकोले साना रोगहरूको उपचार प्रवेश विन्दु अस्पतालका चिकित्सकले गर्ने र विशिष्ट सेवा आवश्यक भएका बिरामीको लागि ठूला अस्पतालहरुमा रेफर गर्नै गरी व्यवस्थापन गर्न लागिएको हो। प्रदेश विन्दु अस्पतालमा मेडिकल अफिसर तहको चिकित्सक सहित एक्सरे, ल्याब जस्ता परीक्षण सेवाको व्यवस्था हुनेछ।

प्रकाशित: ५ पुस २०८० ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App