१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भोलिदेखि जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप

तस्बिर सौजन्यः युनिसेफ नेपाल

सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेला र टाइफाइड विरुद्धको टि.सि.भी खोप अभियान सुरु गर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलिदेखि पुष १४ गतेसम्म भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान चलाउने भएको हो।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा ६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइड विरुद्धको टि.सि.भी खोप दिइने मन्त्रालयले जनाएको छ।

यस्तै सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा टाइफाइड रोगविरुद्धको टि.सि.भी खोप दिइने छ।

खोप अभियानमा दिइने दादुरा–रुबेला खोप थप मात्रा भएकोले पहिला जतिपटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रूपमा एक मात्रा खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ।  

खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे बुझ्न नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ।

साथै नियमित खोप लगाउन छुटेका ९ महिना देखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई छुट खोप पनि दिईने भएकाले आफूसँग भएको नियमित खोप कार्ड लिएर आउन पनि सरकारले आग्रह गरेको छ।

प्रकाशित: ४ पुस २०८० ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App