मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले एक वर्षका लागि करारमा कर्मचारी माग गरेको छ। प्रयोगशालाले सूचना जारी गर्दै कन्सलटेन्ट प्योथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्ट पदका लागि करारमा कर्मचारी माग गरेको हो।
कन्सल्टेन्ट प्याथोलोजिस्टका लागि एमबिबीएस वा सो सरह उत्तीर्ण गरी जनरल प्याथोलोजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरूले मधेश रक्त सञ्चार सेवा जनकपुरधाममा उपस्थित भएर दरखास्त दिन सक्ने प्रयोगशालाले जनाएको छ।
प्रकाशित: २९ मंसिर २०८० ०२:२७ शुक्रबार