१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीरका निर्देशक डा. पौडेललाई हटाउनुको कारण माग

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण माग गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूलाई निर्देशक पदबाट हटाएपछि डा.पौडेलले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। त्यसको सुनवाइ गर्दै सर्वोच्चले बिहीबार कारण माग गरेको हो।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

डा. पौडेललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मङ्सिर १४ गतेको मन्त्री स्तरीय बैठकबाट निर्णय गराई पदबाट हटाएका थिए।

त्यही निर्णयका आधारमा मन्त्रालयले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएको थियो। त्यसपछि डा. पौडेलले पुनर्बहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

मन्त्री बस्नेतले डा. पौडेललाई हटाएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा.भूपेन्द्र बस्नेतले डा. श्रवण थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन्।

प्रकाशित: २९ मंसिर २०८० ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App