२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘सवारी चालकको स्वास्थ्य परीक्षण नहुँदा दुर्घटना बढी’

चार वर्ष अघि ललितपुरको बालकुमारीमा चलिरहेको कार एक्कासि बिजुलीको खम्बामा ठोकियो। तत्कालीन ललितपुर ट्राफिक कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक सीताराम हाछेथु घटनास्थल पुगे। सुरुमा चालकको लापरबाही ठानेका उनी अध्ययन गर्दै जाँदा घटनाको कारण पत्ता लगाए। कारण थियो। चालकलार्ई उच्च रक्तचाप भएर एक्कासि बेहोस भएपछि कार अनियन्त्रित भएर ठोक्किएको थियो।

२०७० साल तिरै उनले देखेको यस्तै अर्को दृष्य थियो। दरबारमार्गको ट्राफिक चोकमा रहेको स्टेसनमा एक्कासि कार ठोक्कियो। कुरा बुझ्दै जाँदा चालकको उच्च चापको कारण बेहोसी भएर कार नियन्त्रण बाहिर गएको थियो। हाछेथुले देखेको तेस्रो घटना थियो २०७६ सालमा भद्रकालीमा एक्कासि कार बसमा ठोक्कियो। हाछेथुले अध्ययन गर्दा चालकमा छारे रोग रहेको थाहा पाए। यी त केही प्रतिनिधि घटना मात्र हुन्। यस्ता सयौँ घटना चालकको स्वास्थ्यमा आउने गडवडीकोे कारणले हुने भएपनि सरकारको संंयन्त्रणले कारण घटनाको कारण यकिन हुन नपाएको हाछेथु बताउँछन् । धेरै दुर्घटना चालकको स्वास्थ्य स्थितिको कारणले हुने गरेको भएपनि त्यसको अध्ययन हुन नसक्दा नेपालमा तथ्याकं संकलन हुन नसकेको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए। ‘चालकको स्वास्थ्य गडबडीले धेरै दुर्घटना हुन्छन् तर हामी प्रमाणित गर्न सक्दैनौ,’ उनले भने। यसको लागि छुट्टै खोजी हुने नगरेको उनले बताए।

नेपालमा निजी र सार्वजनिक दुबै सवारी चालकलाई सवारी चालक अनुमति पत्र दिने प्रक्रियामै कमजोरी भएकोले नेपालमा यस्ता घटना धेरै हुने गरेको हाछेथुको भनाइ छ।

चालक अनुमति पत्र दिनेदेखि नविकिरण प्रतिक्रिया सम्ममा चालकको स्वास्थ्य अवस्थाको बारेमा नहेरिने र नखोजिने प्रक्रियामै मुख्य त्रुटि रहेको यातायात इन्जिनियर तथा सडक सुरक्षा विज्ञ आशिष गजुरेल बताउँछन्। उनेको अनुसार नेपालप्रहरीले देखाएको ४० प्रतिशत दुर्घटनाको कारण जुन चालकको लापरवाहीभनेर आउँछ । त्यसको भित्री कारणमा चालकको स्वास्थ्य गडबडीले हुने गरेको देखिएको छ। यो गम्भीर विषयलाई हाम्रो संयन्त्रले पक्रिन नसकेको उनको दाबी छ।

लामो दुरीको चालकको बाटोमै स्वास्थ्य संयन्त्र झन बलियो हुनु पर्नेमा त्योे नभएको गजुरेलले बताए। ‘कतिपय चालकमा निदाउने रोग हुन्छ, यसको पनि खोजी हुँदैन, यस्तो कारणले पनि लामो दूरीको सवारीमा दुर्घटना हुने गरेको विज्ञरु बताउँछन्। ‘लामो दूरीको चालकको हकमा चालक अनुमति पत्र नवीकरण गर्दा नै हरेक स्वास्थ्य अवस्थाको बारेमा खोजी हुने संयन्त्र हुनु पर्छ,’ उनले भने। नेपालमा चालक अनुमति पत्र दिँदा आँखाको दृष्टि क्षमताको मात्र सामान्य जाँच हुन्छ। त्यस बाहेक अन्य जाँचको बारेमा खोजी हुँदैन। स्वास्थ्य ठिक छ या छैन भनेर मौखिक प्रश्न सोधिने र तथ्यगत खोज हुने गरी कागजात नखोजिने गरेको उनीहरूको आरोप छ। ‘आँखाको दृष्टि जाँच हुन्छ, सामान्य सोधपुछ मात्र हुन्छ’ विज्ञ गजुरेलले भने। चालकहरूको स्वास्थ्य जाँच नहुँदा एउटा चालकले सार्वजनिक यातायातका ६० जनाको ज्यान जोखिममा हुने गरेको विज्ञ बताउँछन्।

कतिपय चालक चाडपर्वको बेलामा प्रतिस्पर्धामा क्षमता भन्दा बढी दूरीमा गाडी चलाउने,चाडपर्व नजिकंदै गर्दा आफू काममा भएको र साथीभाइले मस्ती गरेको सम्झेको बखत पनि दुर्घटना हुने गर्छ। एक जना चालकले एक दिनमा २ सय ५० किलोमिटर भन्दा बढी चलाउनु हुँदैन। त्यो भन्दा बढी दूरीमा चलाउनु परेमा अर्को चालक फेरिनु पर्नेमा नेपालमा यो नियम पनि उल्लंगन हुँदा पनि चालकमा आउने उतारचढावले दुर्घटना बढी हुने गर्छ।

विकसित देशमा चालकको उच्च रक्तचाप, छारे रोग, मानसिक रोगेको अवस्थाको चालक अनुमति पत्र दिने क्रममै खोजी हुने गरेको गजुरेल बताउँछन्। ‘क्यानडा,जर्मनी,फ«ान्स लगायतका देशहरूमा चालकमा दीर्घरोग छन् कि भनेर प्रश्न सोधिएको हुन्छ,’ उनले भने,‘जोखिमपूर्ण रोग छन् भने अनुमति पत्र पाउँदैनन, पाएकाले पनि स्वयं सचेत भएर सवारी साधन चलाउँदैनन्।’ मानसिक रोग छ कि छैन भनेर पनि सोधिने उनले बताए।

उनको अनुसार चालक तनावमा हुँदा, चालकमा कुनै पनि मानसिक रोग भएमा, छारे रोग, भावनात्मक तनाव,अनिदो जस्ता कारणले पनि बढी दुर्घटना हुन्छ। हाम्रो जस्तो देशमा चालकलाई कान सुन्ने, आँखाको दृष्टि क्षमता, कोल्डस्ट्रोल, मधुमेह,उच्च रक्तचाप, मानसिक रोगे, छारे रोग, खुट्टा या हातको स्वास्थ्य स्थिति समेत हेरेर मात्र अनुमति पत्र दिनु पर्ने उनको सुझाव छ। जोखिम रोग भएका चाल कहरुलाई चालक अनुमति पत्र दिने क्रममै परामर्श दिएर पनि सवारी साधन नचलाउने गरी उत्प्रेरित गर्नु पर्ने गजुरेलेका सुझाव छ।

चालकको अनुमति पत्र दिँदा स्वभाव प्रवृत्ति समेत सोधिनु पर्ने विज्ञरुको सुझाव छ। पूर्व ट्राफिक इन्चार्ज हाछेथुको विचारमा अबको चालक अनुमति निजी सवारी चालकको हरेक तीन वर्षमा र सार्वजनिक यातायातका चालकको हकमा हरेक एक वर्षमा स्वास्थ्य जाँच हुने गरी कार्यविधी तयार हुनु पर्छ। उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले चालकको हरेक स्वास्थ्य जाँच हुनुपर्ने सुझाए।

प्रकाशित: ८ मंसिर २०८० ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App