१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यको राजीनामा

स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरूले बोर्डको कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा बुझाएका हुन् । 

स्वास्थ्य मन्त्री र सरकार स्वास्थ्य बीमा बोर्डलाई समाप्त पार्ने गरी लागिपरेको आरोपसहित उनीहरूले राजीनामा दिएका हुन् । 

राजीनामा दिनेहरूमा बोर्डका मनोनीत सदस्यहरू डा. तारा शाह, डा. सुरेश तिवारी, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई छन् । 

करिब एक महिनाअघि मन्त्रीले स्वास्थ्य बिमा बोर्डका कार्यकारी प्रमुख दामोदर बसौलालाई स्वास्थ्य बीमा बोर्डको ऐनविपरीत स्पष्टीकरण सोधेका थिए । त्यसको दुई सातापछि कार्यकारी प्रमुख बसौलालाई तीन महिनाका लागि निलम्बन गरी एक साताभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका थिए । 

पाँच महिनादेखि अध्यक्षविहीन बोर्डमा पाँचजनाले सामूहिक राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुई जना मात्र सदस्य रहेका छन् ।

प्रकाशित: १ कार्तिक २०८० ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App