४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अबैध रूपमा भित्र्याएको औषधिसहित एक भारतीय पक्राउ

भन्सार छलीगरि भारतबाट भित्र्याउन लागेको औषधिसहित एकजनालाई सशस्त्र प्रहरी धनुषाले पक्राउ गरेको छ। मंगलबार भारतबाट अबैध रूपमा ल्याउँदै गरेको डेन्टलका औषधिहरु जनकपुरधाम उपमहानगरपालिका-९ स्थित बाह्रबिघाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

अबैध रूपमा भित्र्याउन लागेको साढे पाँच लाख बराबरको औषधिसहित भारतको मधुबनी जिल्ला बस्ने २९ वर्षीय मोहम्मद एकबाललाई नियन्त्रणमा लिएको राजश्व तथा भन्सार सुरक्षाबेश जनकपुरका सशस्त्र प्रहरी निरीक्षक जय बहादुर दथेपुथेले जानकारी दिए।

मोहम्मद एकवालले बि.आर ३२ ए १२०२ को टाटापन्च चार पाँग्रे गाडीको सिटमुनि लुकाएर ल्याउँदै गरेको औषधि सशस्त्र प्रहरी निरीक्षक दथेपुथेको कमान्डमा खटिएका टोलीले जनकपुरको बाह्रबिघाबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका एकबाललाई गाडीसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यलय जनकपुर पठाइएको सशस्त्र प्रहरी धनुषाले जनाइएको छ।

प्रकाशित: २० असार २०८० ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App